सुरु भयो रनिङ शिल्ड

सुरु भयो रनिङ शिल्ड
+
-

विराटनगरमा मङ्गबारबाट १० औं राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

स्थानीय सहिद रंगशालामा सुरु भएको प्रतियोगितामा जिल्लास्तरका ५० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्र्तगत भएको तेक्वान्दोमा महिलातर्फ ४२ केजी तौलसमूह मुनि बालजगत स्कुलकी इन्दिरा थापा पहिलो भइन्। त्यसैगरी आदर्श बोर्डिङ स्कुलकी रक्षा लिम्बू द्वितीय र ब्राइटफ्युचर बोर्डिङ स्कुलकी सृष्टि राई तृतीय भए। ४४ केजी तौलसमूह मुनि बालजागृति स्कुलकी आस्मा राई प्रथम, आदर्श बोर्डिङ स्कुलकी पुनम जोशी द्वितीय र बाल सदन स्कुलकी जेसिका खनाल तृतीय भइन्।

४६ केजी मुनि ब्राइटफ्युचर स्कुलकी सन्तोषी राई प्रथम, आदर्श बोर्डिङ स्कुलकी कोमल लिम्बू द्वितीय र बालजगत स्कुलकी रेश्मा कार्की तृतीय भइन्। त्यसैगरी पुरुषतर्फ ४५ केजी मुनि सिंहबाहिनी माविका कमल राई प्रथम, ब्राइटफ्युचरका सुजन लुइँटेल द्वितीय र ग्रोगाह माविका शिवकुमार यादव तृतीय भए । ४८ केजी मुनि सिदार्थ स्कुलका अभिषेक भट्टराई प्रथम, आदर्श बोर्डिङ स्कुलका लाओस लिम्बू द्वितीय र ब्राइटफ्युचरका प्रकाश बस्नेत तृतीय भए ।

त्यसैगरी कबड्डीको पुरुषतर्फ सिद्धकाली मावि, सुुकुना मा.विले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । महिलातर्फ भने राधिका मावि स्कुल डाँडालाई सुकुना माविले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

जिल्ला खेलकुद विकास समिति मोरङले आयोजना गरेको प्रतियोगिताको उद्घाटन सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए ।

प्रतियोगिता कराते, तेक्वान्दो, उसु, भलिबल, कबडी र एथलेटिक्सका खेलमा ६ सय खेलाडी सहभागी हुने छन् । प्रतियोगिताको प्रथमले नगद ५० हजार रुपैयाँका साथै रनिङ शिल्ड प्राप्त गर्ने छन् भने दोस्रोले नगद ३५ हजार रुपैयाँ र तेस्रोले नगद ९ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?