हुम्लाका किसानले यसरी गर्छन् तरकारी भण्डारण

हुम्लाका किसानले यसरी गर्छन् तरकारी भण्डारण
+
-

सिमकोट-हिउँदे सिजनमा हरियो तरकारी नपाइने हिमाली जिल्ला हुम्लामा किसानहरुलाई चार देखि पाँच महिनाका लागि तरकारीको मौज्दात गर्ने तरिका अनौठो छ। जमिन मुनी खाल्डो खनेर माटोमै तरकारी राख्दा पनि कुहिने चिन्ता भने हुदैन।

कार्तिक मंसीर महिनामा आलु, चोतो, मुला बन्दालाई जमिनमा खाल्डो खनेर भण्डारण गर्ने गरिएको किसान बदुमा रावतले बताइन्। बेला बेलामा खाल्डोमा राखेको तरकारीलाई हेर्ने गरे पनि कुहिने चिन्ता भने नहुने उनले बताईन । तर हिउँ बढी परेको समयमा भने कुहिन पनि सक्ने हुन्छ।

यसरी तरकारी भण्डार गर्ने एक दुई जना किसान मात्र होईन प्रत्येक घरधुरीका किसानहरुले यसरी नै खाल्डो खनेर तरकारी राख्नु हुम्लाको लागि नौलो नभएको किसानहरु बताउनु छन् । जमिनमा खाल्डो खनेर कार्तिक मंसीरमा राखेको तरकार चैत्र बैशाख महिनासम्म यसरी नै राखिन्छ। ताजा किसिमले तरकारी रहेको हुन्छ।

किसानले बिक्री गर्नु परे वा आफुले प्रयोग गर्नु परे मात्र निकाल्ने गर्छन । यो हुम्लाको परम्परागत भण्डार गर्ने तरिका हो । यसो नगरे अन्य बिकल्प पनि नभएको अर्का किसान धनसुर नेपाली बताउछन् । यसरी टनौका हिसावले तरकारी भण्डार गरिन्छ।

नयाँ र आधुनिक भण्डारका न त उपाय नै सिकाईएको छ न त प्रबिधि नै दिईएको छ , त्यसै भएर पनि किसानलाई यही बिधिबाट तरकारी भण्डारण गर्नुको बिकल्प नै नभएको उनले बताए । कम्तीमा पनि एक जना किसान दुई देखि तीन क्वीन्टल जाने पाँच वटा सम्म खाल्डो खनेर तरकारी राख्ने गरेका हुन्छन्।

अझ बढी तरकारी पाउने किसानले त धेरै खाल्डो खनेर तरकारी राख्नु पर्ने हुन्छ। विधि भने अचम्मको रहेको छ । भण्डारण गर्ने पुरानो तरिकालाई नयाँ मोडिफाई गर्न पाए हुन्थ्यो भन्ने किसानहरु पनि छ । किनकी माटो बाटोबाट बचाउन पनि आबश्यक देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?