
धनगढी – कोरोना सङ्क्रमणबाट कैलालीमा थप एकजनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका १ की ७५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
मङ्सिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
कडा प्रकारको निमोनिया रहेकी ति महिलाको आइतबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।