सुदुरपश्चिममा तीन विद्युत आयोजनाको अध्ययन हुँदै

सुदुरपश्चिममा तीन विद्युत आयोजनाको अध्ययन हुँदै
+
-

धनगढी- सुदुरपश्चिम प्रदेश सरकारले तीन लघुजलविद्युत आयोजना निर्माणका लागि अध्ययन शुरु गरेको छ। यी तीन आयोजनाबाट २१ दशमलब ३३ मेघावाट विद्युत उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य छ।

समृद्धिको आधार उर्जालाई बनाउने लक्ष्य लिएको सुदुरपश्चिम सरकारले दुई जलविद्युत आयोजनाको अध्ययनको काम शुरु गरेको छ भने एउटाको अध्ययन शुरु हुने प्रक्रियामा छ।

दार्चुलाको नौगाड गाउँपालिकामा रहेको नौगाड जलविद्युत आयोजनाबाट ६ दशमलब ६५ मेगावाट, सुर्नैयागाड जलविद्युत आयोजनाबाट ६ दशमलब सन्तानब्बे मेगावाट विद्युत उत्पादनका लागि भुबनौट नक्साङ्कन कार्य भइरहेको छ भने अपर सुर्नैया विद्युतआयोजनाबाट ७ दशमलब ७१ मेगावाट विद्युतउत्पादनका लागि अध्ययन प्रकृया शुरु गर्न लागिएको छ।

सुदुरपश्चिमको समृद्धिको आधार उर्जामा रहेकोले जलबिद्युतबाट उर्जा उत्पादनलाई प्राथमिकतामा राखिएको सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री पठानसिंह बोहराले बताए । ‘सुदुरपश्चिमलाई समृद्ध बनाउने सकिने आधार उर्जामा प्रशस्त छ’ भौतिक पुर्वाधार मन्त्री बोहराले भने –‘त्यसैले प्रदेश सरकारको पहलमा नै जलबिद्युतबाट विद्युतउत्पादनको काम शुरु गरेका छौं।’

प्रदेशमा प्रशस्त खोलानाला रहेका र तिनीहरुबाट विद्युतउत्पादन गर्न सकिए जीवनस्तर सहज हुनुका साथै ठुलो धनराशि पनि प्राप्त गर्न सकिने सम्भावना रहेकाले त्यसैलाई साकार पार्ने दिशामा काम अघि बढाइएको भौतिक पुर्वाधार मन्त्री बोहराको भनाइ छ। भौतिक पुर्वाधार बिकास मन्त्रालयको पुर्वाधार महाशाखाका इन्जिनियर सुबिक श्रेष्ठका अनुसार नौगाड जलविद्युतआयोजना र सुर्नैयागाड जलविद्युतआयोजनाको भुबनौट नक्साङकन र प्रारम्भिक वातावरणीय परिक्षण अध्ययनको काम गत भदौ महिनादेखि शुरु भएको छ।

‘अध्ययनका प्रतिवेदनहरु आएपछि जलविद्युतसंरचनाको स्वरुप आउँछ’ इन्जिनियर श्रेष्ठले भने -‘त्यसपछि आयोजना संचालनको स्वरुप (वर्किङ्ग ड्रइङ्ग ) बनाएपछि आयोजनाको लागत तय हुन्छ ।’ एक बर्षभित्र अध्ययन प्रतिवेदन आएपछि जलविद्युतको क्षमता बढ्न पनि सक्ने इन्जिनियर श्रेष्ठले बताए।

सुर्नैया जलविद्युतआयोजनाको भुबनौट नक्सांकन र प्रारम्भिक वातावरणीय प्रभाव अध्ययनको काम एकै संस्थाले गरिरहेको छ भने नौगाडको भुबनौट नक्सांकन कार्य भैरहेको छ र प्रारम्भिक वातावरणीय प्रभाव अध्ययनका लागि नयाँ प्रस्ताव आव्हान गरिने छ । अपर सुर्नैया गाड जलविद्युतआयोजनाको भुबनौट नक्साङनको लागि प्रस्ताव पेश गरेका संस्थाहरुबाट अध्ययनकर्ताको छनौट कार्य प्रक्रियामा रहेको छ।

चालु आर्थिक बर्षमा सुर्नैयागाड जलविद्युतआयोजनाको पहुच मार्ग निर्माण गरिने र नौगाड जलविद्युतआयोजनाको कार्यालय स्थापनाका लागि भवन र अन्य पुर्वाधारहरु निर्माण गरिने इन्जिनियर श्रेष्ठले बताए। भौतिक पुर्वाधार मन्त्री बोहराले सुदुरपश्चिम प्रदेशमा अझै पनि ६० प्रतिशत वासिन्दाले मात्र बिद्युतको उपयोग गर्न पाएकोले सबै प्रदेशवासीलाई उर्जा उलब्ध गराउन प्रदेशमा उत्पादित बिद्युतको उपभोग गरिने बताए।

‘प्रदेशमा उत्पादन भएको बिजुली पहिले प्रदेशवासीलाई दिएर दैनिक कामका साथै उद्योग स्थापनाका लागि सहज बनाउने लक्ष्य छ’ मन्त्री बोहराले भने-‘प्रदेशलाई आवश्यक भन्दा बढी भएको विद्युतराष्ट्रिय प्रसारण लाइनबाट देशका अन्य प्रदेशमा पठाउँछौं।’ संघीय नेपालको संविधानले स्थानीय सरकारलाई तीन मेगावाट र प्रदेश सरकारलाई तीनदेखि २० मेगावाटसम्मको विद्युतउत्पादनको अधिकार दिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष