
देशसञ्चार अनलाइनले भर्खरै दिसम्बर ११ शुक्रबार दिउँसो २ बजेर ५९ मिनेटमा एउटा समाचार प्रकाशित गरेको लिंक फेसबुकमार्फ़त आइपुग्यो।
समाचारको सार यसप्रकार छ- विहीबारसम्मको तथ्यांक अनुसार (दिसम्बर १० सम्मको) नेपालमा कुल कोरोना संक्रमित संख्या २ लाख ४५ हज़ार ६५० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उपरोक्त संक्रमित संख्या मध्ये २ लाख ३१ हज़ार ६०१ जना व्यक्ति संक्रमण मुक्त भइसकेका छन्। यस क्रममा मृत्युवरण गर्नेको संख्या ११ दिसम्बर साँझ ६ बजेसम्म १,६७४ पुगेको छ।
यस हिसाबले भनौँ- अहिले पनि नेपालमा अनुमानित सक्रिय कोरोना संक्रमितको संख्या २,४५,६५० – २,३१,६०१ = १४,०४९ यसमा मृतक संख्या माइनस गर्दा १४,०४९ – १,६७४ = १२,३७५ हुन आउँछ। यसको ‘एक्ज्याक्ट’ तथ्यांक भने १२,१४८ हो, आजको दिनमा संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी भएकाले तथ्यांकमा फरक देखिएको हो। यसै समाचारमा कोभिड संक्रमित भएर स्वास्थ्य लाभ गर्नेको प्रतिशत नेपालमा ९४.२ पुगेको उल्लेख गरिएको छ। नेपालमा कोरोनाबाट भएको मृत्यु दर ०.६७ प्रतिशत रहेको उल्लेख छ।
जो कोहीले पनि बुझ्न सक्छ- नेपालमा कोरोना लागेर स्वस्थ हुनेको संख्या ९४ प्रतिशतभन्दा बढी रहेको छ। आउने केही दिनभित्रै यो प्रतिशत बढेर ९८-९९ सम्म पुग्छ। तर यस अवधिमा मृत्युदर पनि केही मात्रामा बढ़न सक्छ। यसको प्रमुख कारण नेपालीजनमा हराउँदै गइरहेको कोरोना त्रासका कारण परीक्षणमा आएको कमी हो। वर्तमानमा मानिसले शंकाकै भरमा परीक्षण गराउने परिपाटीमा ब्रेक लागेको छ। गम्भीर अवस्थामा पुगेपछि मात्रै परीक्षण गराउने प्रचलन बढेको छ जसले गर्दा पहिलाझैँ संक्रमित संख्यामा तीव्र वृद्धि देखिँदैन तर यसले सुक्ष्म मात्रामा मृत्युदर भने बढाउँछ।
अब आउनुस् कुरा गरौँ भ्याक्सिनको- तपाईँहरुलाई विदित नै होला इंग्ल्यान्डमा भ्याक्सिनेसन प्रारम्भ भइसक्यो। बहराइन, क्यानडा, म्याक्सिकोले पनि फ़ाइज़र कम्पनीको भ्याक्सिनलाई अनुमति प्रदान गरिसके। अमेरिका, भारत लगायत अन्य राष्ट्रले २०२० को अन्त्य सम्ममा भ्याक्सिनेसनको घोषणा गर्ने तयारी गरिरहेका छन्। सन २०२० जहाँ कोरोना कहरको त्रासदीमा बित्यो, आउने सन् २०२१ भ्याक्सिनको मारामारीमा बित्ने निश्चित भइसकेको छ। यसका लागि एउटा उदहारण नै पर्याप्त हुन्छ- क्यानडाले आफ्नो जनसंख्या भन्दा तेब्बर भ्याक्सिनको अग्रिम बुकिङ गराएको छ। कोरोना र यससँग गाँस्सिएका विभिन्न वास्तविकता आउने ३-४ महिनामा छर्लङ्ग हुनेछ।
के तपाईँलाई थाहा छ- भ्याक्सिन के हो?
मानव शरीरमा मूलतः दुई किसिमका रोग हुने गर्छन् आन्तरिक कारणजन्य हुने रोग र ब्याक्टेरिया – भाइरस जस्ता बाह्य आक्रमणकारीले उत्पन्न गराउने बाह्य आक्रमणजन्य रोग।
दुबै प्रकारका रोगमा शरीरको प्रतिरोधी क्षमता (इम्युनिटी पावर) ले रोग विरुद्ध लडेर रोगको निदान गर्छ। शरीरको प्रतिरोधी क्षमताले रोगसँग (रोगका कारणसँग) लड़ने क्षमता गुमाउँदा प्रतिरोधी क्षमतालाई बाह्य प्रयासबाट शक्ति प्रदान गर्नु/गराउनु नै औषध विज्ञान ( मेडिकेशन) को काम हो। विषय अति बृहद भएकाले वर्तमानको समस्या (बाह्य आक्रमणबाट हुने रोग) विषयक चर्चा गर्नु प्रासंगिक एवं न्यायोचित हुन्छ।
ब्याक्टेरिया र भाइरस (बाह्य शत्रु) बाट हुने आक्रमणको चर्चा गर्नुभन्दा पहिला ‘इम्यून’ सुरक्षा चक्रबारे जान्नु अर्थपूर्ण हुनेछ। मोटामोटी ‘इम्यून’ सुरक्षा तीन स्तरको सुरक्षाचक्र हुन्छ। यसको पहिलो किलाबन्दी हो- तपाईँको शरीरमा रहेको छाला र त्यहाँ रहेका ‘म्यूकस ग्लैण्ड्स’। यिनले बाह्य शत्रु रोक्नका लागि पर्खालकै भूमिका निर्वाह गर्छन्। यहाँ भएका कैयन रसायन र ब्याक्टेरिया (ब्याक्टेरिया दुबै किसिमका हुन्छन् मानव स्वास्थ्यलाई लाभप्रद र हानिकारक हुने पनि) ले बाह्य शत्रुलाई शरीरमा प्रवेश गर्न अगावै सखाप बनाई दिन्छन्। यसैगरी दोस्रो सुरक्षा चक्र हो रगतमा रहेका ‘व्हाइट ब्लड सेल’। यिनले शरीरमा प्रवेश गरेका शत्रुलाई सखाप बनाउने काम गर्छन्। अब बुझ्नुस् शत्रु नयाँ छ, बलियो छ। शरीरका दुबै सुरक्षाचक्रले यसको मर्दन गर्ने कार्यमा यथोचित सफलता पाउन सकेनन्। यस्तो परिस्थितिका लागि हाम्रो शरीरको ‘इम्यून सिस्टम’ सँग अति उन्नत किसिमको ‘इन्टेलिजेन्ट’ प्रणाली हुन्छ। यस प्रणालीले ‘व्हाइट ब्लड सेल’को मदद गर्नुका साथै नयाँ किसिमका लड़ाकु योद्धा जन्माई शरीरमा प्रवेश गरेका शत्रुको सफाया गर्ने काम गर्छ। संक्षेपमा अहिले चर्चित रहेको शब्द ‘एन्टीबड़ी’ नै हो ‘इम्युन सिस्टमको इन्टेलीजेन्ट आर्मी’।
बाह्य शत्रुको आक्रमण हुँदा ‘मेडिकेशन’ले कसरी काम गर्छ? तपाईँले दुई किसिमका औषधिको नाम सुन्नु भएको होला- एन्टीबायोटिक र एन्टीभाइरल। नामले नै प्रष्ट छ एन्टीबायोटिक ब्याक्टेरिया विरूद्ध लड़ने काम गर्छ भने एन्टीभाइरल भाइरस विरुद्ध लड्छ।
यी दुबै शत्रु वास्तवमा परजीवी हुन् अर्थात यिनको पक्षपोषण र वंशवृद्धि हुन कुनै न कुनै ‘होस्ट’ चाहिन्छ। मानव शरीरभित्र पसेर यिनले मानव कोशिकालाई नै आफ्नो शरणस्थली बनाउँछन्।
‘होस्ट’ कोशिकामा प्रवेश गरी यिनले विशेष जीन र विशेष खाले प्रोटिनको मददले आफू बाँच्नुका साथै आफ्नो संख्या बढाउँछन्।
एन्टीबायोटिक औषधिले सोझै ब्याक्टेरियामाथि प्रहार गर्न थाल्छ। यो औषधिमा भएको केमिकलले ब्याक्टेरियाको बाहिरी आवरण (मेम्ब्रेन) लाई कमजोर बनाउनुका साथै यी केमिकलले अर्को महत्वपूर्ण काम के गर्छन् भने ब्याक्टेरियालाई बाँच्न र वंशवृद्धि गर्न जुन विशेष प्रोटिनको आवश्यकता हुन्छ एन्टिबायोटिक औषधिमा भएको केमिकलले ती प्रोटिनको उत्पादनमै बन्देज लगाइदिन्छ। दुईतर्फी आक्रमणले ब्याक्टेरिया सेनामा हाहाकारको स्थिति उत्पन्न हुन्छ। भएका ब्याक्टेरियाको ‘मेम्ब्रेन’ कमजोर भएर उनीहरु शरीरको ‘इम्युन सिस्टम’ले बनाएको ‘एन्टीबड़ी’ रूपी सेनासँग युद्धमा कमजोर भएका हुन्छन्। साथै भोजनको अभाव र वंशवृद्धि गर्ने प्रोटिनको सप्लाई रोकिनाले यिनको सफाया हुने निश्चित भएको हुन्छ। अन्तिम परिणामस्वरुप ब्याक्टेरिया नष्ट भएर मानिस स्वस्थ हुन्छ।
तर एन्टिबायोटिक औषधिमा एउटा दुर्गुण छ। यसले हानिकारक एवं लाभप्रद ब्याक्टेरियामा भेद गर्दैन। परिणामस्वरुप जहाँ एकातिर हानिकारक ब्याक्टेरिया समाप्त हुन्छन् त्यही शरीरमा अनेक तवरले लाभ पुर्याउने ब्याक्टेरिया पनि यसको शिकार हुन्छन्।
रहस्य कहाँनिर छ शायद तपाईँले बुझिसक्नु भयो होला! हाम्रो शरीरका विशेष जीन एवं कोशिकामा उत्पादित हुने विशेष प्रकारको प्रोटिन नै सबैखाले बाह्य आक्रमणकारीको सर्वसुविधा सम्पन्न रिसोर्ट हो। जस्तो कि एड्सकै कुरा गरौँ, यसको भाइरस एउटा विशेष जिनमा नै आश्रय लिन्छ। तपाईँको शरीरमा ‘सीसीअर ५’ जीन नहुने हो भने तपाईँलाई जीवनभरि एड्स हुन सक्दैन। आधुनिक विज्ञानले भ्रूण अवस्थामै यो जीन काटेर फ्याल्ने सफलता पाइसकेको छ। चीनका जिआनकुई नामक वैज्ञानिकले एड्स पीड़ित दम्पतिका २ छोरी (लूलू र नाना) एड्स मुक्त बनाई जन्मिने वातावरण बनाएका थिए। उनले लूलू र नानाको भ्रूण अवस्थामै जीन एडिटिंग (CRISPR/Cas9) गरेर ‘सीसीअर ५’ जीन काटेर फ्याँलिदिएका थिए। दुबै बालिका पूर्ण स्वस्थ जन्मिनुका साथै एड्स प्रूफ भएर जन्मिए। यस वर्षको नोबेल यसै प्रविधिका लागि प्रदान गरियो। तर जीन काटेर फ्याल्नुलाई ठूलो सफलता मान्ने कि न मान्ने यसबारे अहिलेसम्म चर्चा प्रारम्भ हुन सकेको छैन।
के ‘सीसीअर ५’ जीन एड्सका भाइरसको ‘होस्ट’ मात्रै हो, मानव जीवनमा यसको अन्य कुनै उपयोगिता छैन र? लूलू र नानाको भावी जीवनले मात्रै यस दिशामा केही प्रकाश पार्ने छ।
एन्टीभाइरल औषधिले पनि झण्डै एन्टीबायोटिक औषधिझैँ नै काम गर्ने हो। तर एन्टीभाइरल औषधिले भाइरसमाथि सोझै प्रहार गर्दैन। यसले भाइरसले कुन जीन र कुन प्रोटीनलाई प्रयोग गरेर आफ्नो काम चलाइरहेको हुन्छ त्यस प्रोटीनको उत्पादन बन्द गरेर यिनको ‘रिप्लिकेसन’ ( भाइरसका अन्य कपी) हुने कार्यमा विराम लाउँछ। कुनै भाइरसका विरुद्ध एन्टीभाइरल औषधि विकसित गर्नका लागि उसको प्रिय जीन र प्रोटीनको ज्ञान हुनुका साथै त्यस प्रोटीनको उत्पादन बाधित गर्न सक्ने केमिकलको ज्ञान हुनु पर्छ। भनौँ- यो वर्षौँवर्षको काम हो। तुरुन्तै पाइयो भने त्यो मानवताको सौभाग्य भएको मान्नु पर्छ। विज्ञानले एन्फ्लुएन्जा, हर्पीज (वेरिसेला जोस्टर वायरस) र एड्स सम्ममा उपयोगी हुने एन्टीभाइरल औषधि बनाइसकेको छ। अहिले एड्स हुनेबित्तिकै मानिस मर्दैन, एन्टीभाइरल औषधिको मददले एड्स रोगीको आयु बढेको छ।
अब कुरा गरौँ- अहिलेको बहुचर्चित टपिक भ्याक्सिनको। भ्याक्सिनलाई यदि तपाईँहरु औषधि ठान्नु हुन्छ भने तपाईँहरु गलत हो।
भ्याक्सिन औषधि होइन। यसले बाह्य आक्रमणकारी (कोरोना भाइरस नै भनौँ ) विरुद्ध सोझै कुनै पनि काम कारवाही गर्दैन। यसको सट्टा यसले शरीरभित्र एउटा नाटक मञ्चन गर्छ। यस नाटकले शरीरको सुरक्षा चक्रको तेस्रो तह ‘इन्टेलिजेन्स’ लाई उत्तेजित गराई लड़ाकु सैनिक (बी र टी सेल) उत्पादन गराई (संक्षेपमा एन्टिबडी भने पनि भयो) भंयकर युद्धको रुपरेखा एवं पूर्वाभ्यास गराउँछ।
भ्याक्सिन औषधि होइन। यसले बाह्य आक्रमणकारी (कोरोना भाइरस नै भनौँ ) विरुद्ध सोझै कुनै पनि काम कारवाही गर्दैन। यसको सट्टा यसले शरीरभित्र एउटा नाटक मञ्चन गर्छ। यस नाटकले शरीरको सुरक्षा चक्रको तेस्रो तह ‘इन्टेलिजेन्स’ लाई उत्तेजित गराई लड़ाकु सैनिक (बी र टी सेल) उत्पादन गराई (संक्षेपमा एन्टिबडी भने पनि भयो) भंयकर युद्धको रुपरेखा एवं पूर्वाभ्यास गराउँछ।
भ्याक्सिनको इतिहासमा जानुको चर्चा लामो हुन जान्छ। संक्षेपमा कुरा यत्ति हो- भ्याक्सिन भनेको भाइरस नै हो। मानव स्वास्थ्यमा हानिकारक देखिएका भाइरस (जस्तो कि अहिलेको कोरोना) का विरुद्धः शरीरलाई सबल गराउन (इम्युनिटी बुस्ट गराउन) त्यस भाइरसको ‘रिप्लिका’ ( भाइरससँग मिल्दोजुल्दो आकृतिको अर्को कुनै कमजोर भाइरस) लाई स्वस्थ मानव शरीरमा प्रवेश गराइन्छ। यही नै भ्याक्सिन हो। अब हुन्छ के भने यस कमजोर भाइरसलाई परास्त गर्न शरीरले एन्टीबड़ी बनाउँछ। शरीरमा एकपटक एन्टीबड़ी बनी सकेपछि यदि त्यही व्यक्तिमा सक्कली भाइरस संक्रमण हुन्छ भने ‘इम्यून सिस्टम’ लाई त्योसँग लड़ने कस्तो एन्टीबड़ी बनाउनुपर्छ भन्ने पूर्वसंज्ञान हुन्। शरीरले तुरुन्तै एन्टीबड़ी बनाएर भएको संक्रमणलाई बढ़न नदिई रोकथाम गर्छ। तुलना गर्नुस्- भ्याक्सिन लिएको व्यक्ति र भ्याक्सिन नलिएको व्यक्तिको। भ्याक्सिन लिएको व्यक्तिको शरीरको ‘इम्युन सिस्टम’ लाई भाइरसको ‘रिप्लिका’सँग लडेर यस्तो किसिमको भाइरसलाई निमिट्यान्न बनाउन कुनखाले एन्टीबड़ी चाहिन्छ भन्ने ज्ञान हुन्छ र उसले तुरुन्तै यो एन्टीबड़ी बनाई संक्रमण रोकथाम गर्छ। तर भ्याक्सिन नलिएको व्यक्तिको ‘इम्युन सिस्टम’ ले प्रवेश गरेको भाइरससँग लड्न आफ्ना सबै चरणको युद्ध अभ्यास मञ्चन गर्नुपर्छ। भनौ यसमा समय लाग्छ र भाइरसले शरीरभित्र आफ्नो संख्या बढाउन समय पाउँछ। अंततः शरीरले एन्टीबड़ी त बनाउँछ र भाइरसलाई परास्त गर्छ तर कैयन केसमा भने (नेपालमा ०.६७ प्रतिशत) एन्टीबड़ी बन्नुभन्दा पहिला भाइरस यति सशक्त भइसकेको हुन्छ कि उसको एन्टीबडीले परास्त हुने दुर्भाग्य भोग्नुपर्छ। यस्ता केसमा व्यक्तिको पूर्वस्वास्थ्यको महत्वपूर्ण भूमिका रहन्छ।
कोरोना विरुद्ध बनेका अधिकांश भ्याक्सिन कोरोनाकै कमजोर ‘रिप्लिका’ नै हुन्। यसमा प्रमुख अक्सफोर्डकै भ्याक्सिन हो, अन्य भ्याक्सिन पनि यसै प्रविधिमा आधारित छन्। तर फ़ाइज़रको भयाक्सिन भने (अन्य पनि) भाइरसको ‘रिप्लिका’ नभएर नयाँ प्रविधिमा आधारित ‘म्यासेन्जर आरएनए’ (Mrna) भ्याक्सिन हुन्। नयाँ प्रविधिबारे चर्चा गर्नु पनि स्थानाभावले यहाँ सम्भव छैन, अर्को कुनै लेखमा गरौँला।
सामान्यजनले बुझ्नुपर्ने कुरा के हो भने सन २०२० मास्क वर्ष बनेको थियो भने २०२१ ‘नीडिल’ ( भ्याक्सिन) वर्ष बन्ने दौड़मा छ।
पाठकको जानकारीका लागि भ्याक्सिन सम्बन्धी केही कुरा उल्लेख गर्न चाहन्छु। चिनियाँदेखि रसियन, अमेरिकन, बेलायती एवं भारतीय आदि यावत भ्याक्सिनको अहिलेसम्म प्राप्त जानकारी अनुसार ‘सक्सेस रेट’ ८६ देखि ९५ प्रतिशत रहेको छ। यसको आशय के हो भने भ्याक्सिन लाउनेहरु सय जनामध्ये ९५ जना सम्ममा भ्याक्सिनले काम गर्छ। भ्याक्सिन निर्माता कम्पनीहरुकै भनाइअनुसार सयमध्ये ५ जनामा भ्याक्सिन प्रभावी नहुन सक्छ। अर्थात ५ जनामा भ्याक्सिनले एन्टीबड़ी नबन्न सक्छ। भन्नु परिरहेन- यी ५ जनामा संक्रमणको ‘रिस्क’ यथावत नै रहन्छ।
दोस्रो कुरा भ्याक्सिनका दुईवटा डोज लिनुपर्ने हुन्छ, पहिलो पटक भ्याक्सिन लाएर शरीरमा अलिकति एन्टीबड़ी बन्छ। पहिलोपटक भ्याक्सिन लाएको २१ दिनपछि यसको दोस्रो डोज लिनुपर्ने हुन्छ। दोस्रो डोज लिएको ७ दिनपछि मात्रै कम्पनीले दाबी गरेको एन्टीबडी निर्माण हुन्छ शरीरमा। भनौँ पहिलोपटक भ्याक्सिन लिएको २१ दिनपछि अर्को डोज लिएपछि मात्रै व्यक्ति यसबाट प्राप्त हुने सुरक्षा सम्पन्न हुन्छ। यसमा पनि १०० जना मध्ये ९५ जना (भ्याक्सिनको क्वालिटी अनुसार थपघट) मा मात्रै यो उपयोगी हुन्छ। भ्याक्सिन लिनेले होश के पुर्याउनुपर्ने हुन्छ भने २८ दिनसम्म (पहिलो डोज लिएपछि) कोरोना संक्रमणबाट जोगिनु पर्छ। भारतका एकजना मन्त्री स्तरकै मानिसलाई पहिलो डोज लिएपछि कोरोना संक्रमण भएको समाचार प्रकाशमा आइसकेको छ।
र अर्को महत्वपूर्ण कुरा कोरोना विरुद्ध बनेका जुन सुकै भ्याक्सिनले दिने सुरक्षा अवधि ३ देखि ६ महिनाको मात्रै हुनेछ। अर्थात तपाईँले प्रत्येक ६-६ महीनामा कोरोना संक्रमणबाट जोगिन भ्याक्सिनका २ वटा घोपाइ लिई राख्नुपर्ने हुन्छ। अब तपाईँले बुझ्नु भयो होला क्यानडाले आफ्नो जनसंख्या भन्दा तीन गुना भ्याक्सिन किन किनेको हो?
मेरा मित्र बिपिन नेपालले पनि बुझ्नु भयो होला- कोरोना संक्रमणका विरुद्ध प्लाजमा थेरापी किन बन्देजमा पारिएको हो, किन प्रोत्साहन नपाइएको हो? प्लाजमाले भ्याक्सिनको व्यापारलाई सोझै धराशायी बनाउँछ। आउने समयमा हुन गई रहेको खर्बौँको व्यापारलाई धक्का पुग्ने कामको समर्थन कुन मुर्ख माफिया – धनपतिले गर्छ?
एकपटक कोरोना भएर आफ्नै ‘इम्युनिटी पावर’ले स्वस्थ भएका मानिसलाई भ्याक्सिनको कुनै आवश्यकता छैन। जे काम भ्याक्सिनले ( एन्टीबड़ी बनाउने) गर्छ, उसको ‘इम्यून सिस्टम’को संज्ञानमा यस बारेको पुरापुर जानकारी हुन्छ। त्यसैले संक्रमण लागेर निको भएकाहरुले भ्याक्सिनबारे सोच्नुपर्ने कुनै आवश्यकता छैन। तर मेडिकल माफियाले तपाईँलाई यो कुरा भन्दैनन्।
अब रमाइलो तुलना गरौँ- नेपालमा कोरोना लागेर आफ्नै ‘इम्युनिटी’ले स्वस्थ हुनेको प्रतिशत ९४.२ रहेको छ। भ्याक्सिनले दिने ‘सक्सेस रेट’ ९५ प्रतिशत रहेको छ। भ्याक्सिन र नेपालीको ‘हर्ड इम्युनिटी’को अनुपात ‘हात्ती बलियो कि हात्ती छाप चप्पल’ जस्तै रहेकामा मलाई कुनै आश्चर्य लागेको छैन।
यस लेखको आशय तपाईँ भ्याक्सिनको बहिष्कार गर्नुस् भन्ने किमार्थ पनि होइन। आशय यति नै हो यसका लागि हानथापको अवस्था सिर्जना नहोस् भन्ने मात्रै हो। ढिलोचाँडो नेपालमा पनि भ्याक्सिन आउँछ, एकै पटकमा समस्त नेपालीलाई भ्याक्सिन पुग्नु सम्भव छैन। बालबालिकादेखि ५०-५५ वर्षका स्वस्थ मानिसले भ्याक्सिन लिन कुदनु आवश्यक छैन। पहिलो पंक्तिमा जोखिममा रहेर काम गर्नेलाई, ७० नाघेका वृद्धजनलाई प्राथमिकता दिनुपर्छ। स्मरण रहोस् भ्याक्सिनभन्दा भ्याक्सिनको ढुवानी र भण्डारण नै महँगो पर्न जान्छ। भ्याक्सिनलाई अति चिसो वातावरणमा राख्नु आवश्यक छ। फाइजरको भ्याक्सिनलाई माइनस ७० डिग्री सेन्टिग्रेडमा राख्नुपर्ने हुन्छ। युवा साथीहरुले भ्याक्सिनको सट्टा आफ्नै इम्यून सिस्टमको विश्वास राख्नु श्रेष्यकर हुन्छ।
कोरोना भाइरसको एन्टी भाइरल औषधि पत्ता लागिसकेको छ। अर्थात यस्तो औषधि जसले कोरोना भाइरसलाई चाहिने प्रोटीनको उत्पादनमा बन्देज लगाएर भाइरस वृद्धिलाई कंट्रोल गरी दिन्छ। तपाईँहरुलाई आश्चर्य लाग्न सक्छ, पत्यार नलाग्न सक्छ- कोरोना संक्रमणका विरुद्ध ‘अल्कालाइन वाटर’ नै प्रभावी रूपमा काम गर्छ। ‘अल्कालाइन वाटर’ घरमै बनाउने विधि तपाईँहरुले ‘गुगल अंकल’लाई सोधे पनि भयो। लेख समाप्त गर्नुभन्दा पहिला आफ्नो मनशाय व्यक्त गर्छु- म कोरोना भ्याक्सिन लाउँदिन, सित्तैमा उपलब्ध भए पनि लाउँदिन।
युवावर्गले मेरो अनुशरण गरे पनि घरमा भएका ६० नाघेका अथवा कुनै दीर्घ रोगले ग्रस्त आफ्ना परिवारजनलाई भने भ्याक्सिन लाउन प्रेरित गर्नु होला।जहाँसम्म मेरो अध्ययन ठीक हो भने म विश्वस्त छु- नयाँ बनेका भ्याक्सिनमा ‘मरकरी कन्टेन्ट’ छ। यस कारण गर्भवती महिलाले भ्याक्सिन लिनुभन्दा पहिला यसबारे कुनै विज्ञसँग सम्पर्क गर्नुहोला। एकपटक पुनश्च: संक्रमण भएर निको भएका मानिसले भ्याक्सिन दौड़मा आफ्नो संलग्नता नदेखाउनु होला।