हुम्लामा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

हुम्लामा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या
+
-

सिमकोट-जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको वडा नम्बर २ को मैला स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी कम हुदा सेवा प्रबाहमा समस्या भएको छ । एकातिर स्वास्थ्यकर्मी कम र भएका पनि बिदामा बस्दा उपचार गर्न समस्या भएको हो।

ताँजाकोट गाउँपालिका वडा नम्बर २ की जयकला जैसीले स्वास्थ्य चौकीमा पेट दुख्ने बिरामी भएर उपचार गर्न जाँदा तीन घण्टा कुरेर उपचार गर्नु परेको गुनासो गरिन्।

स्वास्थ्यकर्मी कम भएकै कारण उपचार गर्न ढिलाई भएको होे । जैसी मात्र होईन स्वास्थ्य चौकीमा उपचार गर्न आउने सबै बिरामीको पीडा उस्तै रहेको छ।

स्वास्थ्य चौकी इन्चार्ज धनराज ढकालका अनुसार अस्पतालपछि बढी सेवा प्रबाह हुने मैला स्वास्थ्य चौकीका पाँच जना स्वास्थ्यकर्मीको दरबन्दी भएपनि दुई जना बिदामा बस्नाले उपचारका लागि आउने बिरामीलाई सेवा प्रदान गर्न कठिन भएको छ।

उनका अनुसार एक जना इन्चार्ज सहित दुई जना अनमी र दुई जना अहेवको दरवन्दी भएपनि हाल तीन जनाले मात्र सेवा प्रदान गर्नु पर्दा समस्या हुने गरेको हो। चिसो पनि बढेको कारण सिजनल फ्युलका बिरामी देखि दिर्घ रोगका बिरामीहरु दैनिक असी जनासम्म आउने तर स्वास्थ्यकर्मी कम हुदा उपचारमा ढिलो हुने गरेको हो।

त्यसमाथि खोप लगाउने दिनमा त झन समस्या हुने गरेको स्वास्थ्य चौकीले जनाएको छ। इन्चार्ज ढकालले त्यसैगरि गर्भ जाँच गराउने र सुत्केरी गराउने महिलालाई पनि सेवा प्रदान गर्नु परि रहेको बताए।

सेवाग्राहीको घुईचो बढी हुने मैला स्वास्थ्य चौकीलाई प्रदेश र गाउँपालिकाबाट पनि स्वास्थ्यकर्मीको ब्यबस्थाका लागि माग गर्दा हालसम्म ब्यबस्था नभएको स्वास्थ्यकर्मीले गुनासो गरेका गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?