राजकुमार रावलाई ‘जिहाद’ किन पवित्र लाग्छ ?

राजकुमार रावलाई ‘जिहाद’ किन पवित्र लाग्छ ?
+
-

आफ्नो अभिनयले बलिवुडमा आफ्नो पहिचान बनाउन सफल भारतीय कलाकार राजकुमार रावले ‘जिहाद’ को परिभाषा पवित्र रहेको बताएका छन् । कुरानले जिहादलाई निष्कलंक भएपनि मानिसले आफ्नो सुविधाको लागि यसको अर्थलाई तोडमोड गरेको बताए ।

रावले जिहादले हिंसाको कुरा नगर्ने बताएका छन् । उनका अनुसार जिहादको अर्थ बंगाएर मानिसको मनमा हिंसाको भाव बुझाउने बनाइएको छ ।

राव आउँदै गरेको चलचित्र ‘ओमेर्टा’ मा कुख्यात आतंकवादी अहमद ओमर सईद शेखको भूमिकामा देखिदैँछन् । चलचित्रको पात्रमा आफूलाई ढाल्नको लागि उनले धेरै डकुमेन्ट्रि र घृणा भएको भाषण पनि सुने ।

यहि क्रममा रावले बुझे कि निर्दोष युवाहरुको दिमागमा कसरी घृणा भरिन्छ र जिहादको नाम दिएर उनीहरुको ब्रेन वास गरिन्छ । रावका अनुसार युवाहरुको निर्दोषपनको फाइदा उठाएर केही व्यक्तिले गतल काम गराइरहेका छन् । उनले सिरियामा भइरहेको द्वन्द्व पनि यसको उदहारण भएको बताए ।

ओमेर्टा चलचित्र संसारमा भइरहेको गलत कामको ऐना हो । यसमा एक वुद्धिमान केटा जसले समावमा परिवर्तन ल्याउन सक्थ्यो तर कसरी गलत बाटो रोजेर डरलाग्दो आतंकवादी बन्यो भन्ने देखाइएको छ ।

चलचित्र कुनै सम्प्रदाय केन्द्रित नभएको प्रस्ट पार्दैै रावले भने, ‘हामीले मुस्लिम केटा कसरी आतंकवादी बन्यो भन्नेमा जोड दिएका छैनौँ, हामीले उसको धर्ममा हैन, उसको मनस्थिती र परिस्थिती र त्यसमा उसको प्रतिक्रिया कस्तो रहन्छ भन्ने देखाउन खोजेका हौँ ।’

स्वतन्त्र फिल्ममा अभिनय गर्न रुचाउने रावका शाहीद, न्यूटन, बरेलीकी बर्फी फिल्म सफल भइसकेका छन् । उनी यो वर्ष कंगना रानावतसँग ‘मेन्टल हे क्या’ सँगै अनिल कपूर र ऐश्वर्या राय बच्चन अभिनित चलचित्र ‘फन्ने खान’ मा पनि देखिनेछन् ।

हंसल मेहेता निर्देशित चलचित्र ओमेर्टा अप्रिल २० मा रिलिज हुन्छ । ओमेर्टा इटालियन शब्द हो । यो आतंकवादी गतिविधिमा संलग्न मानिसलाई बझाउन प्रयोग गरिन्छ ।

यो एक अर्कोमा बफादार छौँ भन्ने कोड ल्याङग्वेज पनि हो, जसले ओर्मेटाको वाचा लिन्छ उसले एक अर्काको गुनाहको बारेमा प्रहरीलाई केही नभन्ने प्रतिज्ञा पनि गरेको हुन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?