दोजाम कर्णालीमा दोस्रो चरणको सम्भावयता अध्ययन सुरु

दोजाम कर्णालीमा दोस्रो चरणको सम्भावयता अध्ययन सुरु
+
-

सिमकोट- हुम्ला जिल्लाकै बढी क्षमताको विधुत उत्पादन गर्ने लक्षका साथ दोजाम कर्णालीको दोस्रो पटक सम्भावयता अध्ययन सुरु भएको छ।

काठमाडौंबाट बिज्ञ सहितको टोली हुम्ला आएर आयोजना निर्माण स्थल सिमकोट गाउँपालिकाको वडा नम्बर १ को दोजाम गाउँमा पुगेर अध्ययन सुरु गरेको हो।

दोजाम कर्णालीमा विधुत उत्पादनका लागि नेपार सरकारबाट अनुमति पाएको सुपर मुगु कर्णाली हाईड्रो पावर कम्पनी लिमीटेडबाट बिज्ञ सहित तीन जनाको टोलीले अध्ययन सुरु गरेको आयोजनाका प्रमुख सोमनाथ कँडेलले जानकारी दिए।

टोलीमा पानी इन्जिनीयर र चट्टान बिज्ञको पनि सहभागीता रहेको छ। टोलीले आयोजना निर्माण स्थलको क्षेत्र देखि चुवाखोलासम्मको पानी तथा चट्टानको अध्ययन गर्ने छ । पटक पटक संभाव्यता अध्ययन गर्नु पर्ने भए अनुसार यसअघि पनि बिज्ञ टोली आएर अध्ययन गरेको थियो।

अब अर्को टोली आगामी असार महिनामा आएर अन्तिम अध्ययन गर्ने छ । त्यो संगै टोली स्थानीय बासिन्दाहरुसंग पनि छलफल गर्ने छ । टोली यतिखेरको अध्ययन गर्न तीन देखि चार दिन समय अगाउने छ । दोजाम खोला जलविधुत आयोजनाबाट १७३ मेघावाट विधुत उत्पादन हुने प्रारम्भिक बिबरण टोलीले निकालेको छ।

यसका लागि अर्बौ लगानी लाग्ने अनुमान टोलीले गरेको छ । यो आयोजना निर्माण गर्न दश वर्ष समय लाग्ने र सयका लागि सडकको पहुँच मुख्य सर्तका रुपमा रहनेछ । यो विधुत आयोजान निर्माण कार्य पुरा भए हुम्ला जिल्लालाई नै धान्ने र बाँकी राष्ट्रिय प्रशारण लाईनमा पनि पठाउन सकिने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?