सिटामोल किन्‍न पनि भारतकै भर

सिटामोल किन्‍न पनि भारतकै भर
+
-

दाङ- भारतीय सीमा नाका जोडिएको राजापुर गाउँपालिका खाङग्राबासी सिटामोल किन्‍न पनि भारतकै भर पर्नु बाध्‍य भएका छन्।

त्‍यहाँ कसैलाई सुत्केरी व्‍यथाले च्याप्यो भने नजिकै स्वास्थ्य चौकी छैन। आठ घण्टा हिडेर लमही पुग्‍ने अवस्था पनि रहँदैन। खाङ्ग्रा नाकाका स्थानीय भारतीय सुरक्षा बल एसएसबीको क्याम्पमकै भरमा स्वास्थ्य उपचार गराउँदै आएका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यचौकी स्थानमा सञ्‍चालन गरेपनि त्यहाँसम्म सबैको पहुँच पुग्‍न सकेको छैन्।

स्थानीय झभौवा स्कुलका प्रधानाध्यापक लिलाधर विश्‍वकर्माले भने, ‘ छात्रवासमा पढेर बस्‍ने विद्यार्थीलाई सर्पले टोक्यो। उपचारको लागि भारत लगियो।तर भारतीय रुपैयाँ नभएपछि उसको ज्‍यानै गुम्‍यो।’

देउखुरी क्षेत्रको राजपुर र गढवा गाउँपालिकामा रहेका २२ वटा नाकामा वसोवास गर्ने नागरिकहरु सिटामोल किन्‍न पनि भारतको अस्पताल जानु पर्ने बाध्‍यता बनेको छ।

उनी भन्छन्, ‘ यहाँ भारत क्याम्प प्रमुखले एम्बुलेन्सलाई खबर गर्‍यो भने बाँच्‍यो । नत्र उसको जीवन गुम्यो। त्‍यसकारण नाकामा भरपर्दो स्वास्थ्य संस्था चाहिएको छ।’

चुनाव जितेर नाका पुगेका प्रदेशसभा सदस्य रेवतीरमण शर्मालाई समस्या सुनाउनेहरुको भीड थियो। सबैले नाकालाई राज्यले उपेक्षा गरेको गुनासो गरे। नाकाको समस्यालाई प्राथमिकतामा राखेर सम्बोधन गर्न  उनीहरुले माग गरे।

निर्वाचित सांसद गाउँमै आएपछि खाङ्ग्रावासी अचम्मित

राजपुर गाउँपालिका वडा नम्वर ६ खाङ्ग्रा निवासि अजय पुन अचम्मित वने । मंसिर २१ गते सम्पन्‍न प्रदेशसभा निर्वाचनबाट सदस्यमा निर्वाचित उम्मेदवार मतदाता खोज्दै नाकामा पुगेपछि उनी छक्‍क परे।

उनले भने, ‘हामीलाई विश्‍वास नै थिएन, यति छिटो आउनु भयो। उनले खुसि हुँदै भने, ‘ चुनाव जितेर अहिलेसम्म कोही फर्किनु भएको थिएन तर, तपाईंसँग यति चाडै भेट हुन्छ भनेर सोचेको थिएनौ, नेता गाउँ फर्किदैनन् भन्‍ने गुनासोको अन्त्य भयो।’

दाङ निर्वाचन क्षेत्र नम्बर १(२) प्रदेशसभा सदस्य रेवतिरमण शर्माले नाका क्षेत्रको विकासको लागि बजेट र कार्यक्रम लिएर आउने बाचा गरे। तीन दिनअघि नाका क्षेत्रका मतदातालाई धन्यवाद दिन आएका उनले भौवा, भैसाही, खिर्कि, सुनपथ्री, खाङ्गग्रा लगायतका नाकामा पुगेर मतदातालाई धन्‍यवाद दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’