
काठमाडौँ – मंगलबार बेलुका बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहभागी नहुने भएको छ।
सरकारले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ को दफा ६ मा रहेको गणपुरक संख्यालाई अध्यादेशमार्फत घटाएपछि कांग्रेस बैठकमै नजाने भएको हो।
यसअघि गत वैशाखमा गणपुरक संख्या घटाउने अध्यादेशको विरोध गर्दै कांग्रेसले फिर्ता लिन दबाब दिएको थियो। चतर्फी दबाबपछि सरकार वैशाख ११ गते अध्यादेश फिर्ता गरेको थियो।
बिहान बोलाइको बैठकमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा सहभागी भएका थिए।
बैठकमा नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट सभामुख अग्निसापकोटा नगएपछि सरकारले केहीबेर अघि अध्यादेश जारी गरेर गणपुरक संख्या घटाएको छ।
अध्यादेशप्रति आफ्नो पार्टीको समर्थन नरहने भएकाले बैठकमा कांग्रेस उपस्थित नहुने भएको हो।