
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले मंगलबार जारी गरेको अध्यादेशको विरोध गरेका छन्।
सरकारले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ को दफा ६ मा रहेको बैठकको गणपुरक संख्यालाई अध्यादेशमार्फत घटाएपछि नेता निधिले आपत्ति जनाएका हुन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा अध्यादेश जारी गर्ने सरकारको कदमलाई सर्वसत्तावादी र अधिनायकवादी कदम भनेका छन्। निधिले अध्यादेश स्वीकार्य नहुने प्रष्ट पारेका छन्।
निधिले लेखेका छन्, ‘आज अचानक आएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो। संविधान र प्रणाली माथी नाङ्गो आक्रमण हो। घोर भत्र्सना गर्दछु। यो अध्यादेश स्वीकार्य हुँदैन।’
मंगलबार बेलुका ५ बजे बोलाएको बैठक विपक्ष कांग्रेस सहभागी नहुने भएको छ।