
काठमाडौँ- मगंलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई लिएर झनै आक्रोशित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता सुवास नेम्वाङ खुमलटार पुगेका छन्।
खुमलटारमा प्रचण्डसहित असन्तुष्ट पक्षका चार सचिवालय सदस्यहरुबीच छलफल हुुनुभन्दा पहिले नेता नेम्वाङले प्रचण्डलाई भेटेका हुन्।
उनीहरुबीच भएको छलफलको निष्कर्ष बाहिर आइसकेको छैन।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मगंलबार संवैधानिक परिषद् ऐन शंसोधन अध्यादेश जारी गरेकी थिइन्।