आदेश विपरीत उत्तरपुस्तिका नष्ट गरेको भन्दै त्रिविका शिक्षाध्यक्षलाई कारबाही

आदेश विपरीत उत्तरपुस्तिका नष्ट गरेको भन्दै त्रिविका शिक्षाध्यक्षलाई कारबाही
+
-

काठमाडौँ- आफ्नो आदेश नटेरेको र गैह्रजिम्मेवार बनेको भन्दै राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई कारबाही गर्ने निर्णय गरेको छ। शिक्षाध्यक्षलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको आयोगले जनाएको छ।

आयोगले आफ्नो निर्णय कार्यान्वयन गरी त्यसको जानकारी गराउन त्रिभुवन विश्वविधालय, शिक्षाअध्यक्षको कार्यालयलाई पत्रचार गरेको छ।

स्याङ्जाका आशिष पौडेलले २०७५ पुष २९ गते सञ्चालित विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातकोत्तर तह भौतिक शास्त्रको प्रथम सेमेस्टरको एमएस्सी क्वान्टम मेकानिक्स विषयको पुरानो कोर्सको परीक्षाको सम्पूर्ण परीक्षार्थीको उत्तरपुस्तिका धुल्याउनबाट निषेश गरी सुरक्षित रुपमा शिलबन्दी गरी पाऊ भन्दै २०७६ साल असोज ९ गते आयोगमा पुनरावेदन गरेका थिए।

आयोगले २०७६ साल चैत ६ गते  उक्त परिक्षामा सोधिएका प्रश्न पत्र, छानबिन समितिले बुझाएका प्रतिवेदनलगायत विभिन्न प्रतिवेदन अर्को आदेश नहुँदासम्म सुरक्षित गर्ने गराउने व्यवस्था गर्न शिक्षाध्यक्षलगायत कार्यालयको नाममा आदेश जारी गरेको थियो।

पौडेलले २०७७ असार २९ गते सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा लिखित जवाफ पेश गर्दै शिक्षाध्यक्ष कार्यालयअन्तर्गत सम्बन्धित विषयको डीन कार्यालयले उक्त परिक्षा सम्बन्धी सम्पूर्ण प्रतिवेदन, उत्तर पुस्तिका धुल्याइसकेको उल्लेख गरेपछि आयोगले फेरी स्पष्टिकरण सोधेको थियो।

आयोगका अनुसार शिक्षाध्यक्ष कार्यालयलाई आयोगको आदेश विपरीत ती अभिलेखहरु किन धुल्याइएको हो? तपाईलाई कारबाही किन नगर्ने भनी जवाफ पेश गर्न भनिएको थियो। शिक्षाध्यक्ष कार्यालयले गत मंसिर ३ गते दिएको जवाफमा उत्तर पुस्तिका धुल्याउने सम्बन्धमा विश्व विधालयको नियमअनुसार सम्बन्धित निकायले नै जवाफ प्रस्तुत गर्ने हुँदा शिक्षाध्यक्षको कार्यालय प्रमुखलाई कारबाही हुनुपर्ने होइन भन्ने उल्लेख भएको आयोगले जनाएको छ।

आयोगले ‘जिम्मेवार निकायका प्रमुखले मातहतका निकायमा रहेको सूचना संरक्षण गर्नुपर्नेमा सो नगरी आफ्नो जिम्मेवारीबाट पन्छिइ आफ्नो आदेशको बेवास्था गरेको’ जनाएको छ।

‘पटक पटक त्रिवि शिक्षाध्यक्षको कार्यालय प्रमुखलाई सूचना उपलब्ध गराउन आदेश भएको आदेश भई पत्राचार भएको आयोगमा भएको छलफल समेतको आधारमा यस आयोगबाट २०७६ चैत ६ गते भएको आदेश बमोजिमको कागजातहरुको संरक्षण व्यवस्था मिलाउन भनिएकोमा सूचना संरक्षण गर्नुको सट्टा मातहतको कार्यालयमाथि जिम्मेवारी पन्छाउन खोजेको, आयोगको आदेश, पत्राचारको वेवस्था गरि विषायान्तर गरी पन्छिन खोजेबाट आयोगको आदेशको पालना गरेको देखिएन’, आयोगले गरेको फैसलाको ठहर खण्‍डमा भनिएको छ, ‘  प्रस्तुत सूचनाको प्रकृति हेर्दा निज पुनरावेदन (आशिष) लगायत व्यक्तिहरुको भविस्यसँग सम्बन्धित सुचना भएको हुँदा सो सूचना संरक्षण गर्न गराउन त्रिवि शिक्षाध्यक्षको कार्यालय, कीर्तिपुरका कार्यालय प्रमुख पूर्णत उदासीन भएको देखिन्छ।’

आयोगले त्रिवि शिक्षाध्यक्ष कार्यालय प्रमुखलाई कानुनअनुसार कारबाही हुने चेतावनी दिँदा पनि आफ्नो जिम्मेवारी पालनामा पूर्णत गैह्र जिम्मेवार रहेको भन्दै त्यस्तो कार्य गर्ने अधिकारीलाई कारबाही गर्नुको विकल्प नभएको उल्लेख गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?