बेन्जिमाको गोलमा रियल मड्रिड विजयी, शीर्ष स्थानका टिमसँग गर्‍यो बराबरी

बेन्जिमाको गोलमा रियल मड्रिड विजयी, शीर्ष स्थानका टिमसँग गर्‍यो बराबरी
+
-

स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा जित निकाल्दै रियल मड्रिडले शीर्ष दुई स्थानका टिमसँग अंक बराबरी गरेको छ ।

लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई ३–१ ले पराजित गरेको हो ।

मड्रिडका लागि करिम बेन्जिमाले दुई तथा टोनी क्रसले एक गोल गरे । एथ्लेटिको बिल्बाओका लागि कापाले एक गोल फर्काएका हुन् ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा क्रसले गोल गरी रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए ।

१३ औँ मिनेटमा नै दोहोरो पहेँलो कार्ड पाएर गार्सिया मैदानबाट बाहिरिएपछि एथ्लेटिको बिल्बाओ १० खेलाडीमा सीमित भएको थियो ।

कापाले बिल्बाओका लागि ५२ औँ मिनेटमा बराबरी गोल गरे । त्यसपछि करिम बेन्जिमाले दुई गोल गरी रियल मड्रिडको जित निश्चित गरेका हुन् ।

७४ औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका बेन्जिमाले इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा दोस्रो गोल गरी टिमलाई ३–१ को जित दिलाएका हुन् ।

जितपछि रियल मड्रिडले शीर्ष दुई स्थानका रियल सोसिडाड र एथ्लेटिको मड्रिडसँग अंक बारबरी गरेको छ ।

शीर्ष स्थानको सोसिडाडको १३ खेलबाट २६ तथा दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ११ खेलबाट २६ अंक रहेको छ । तेस्रो स्थानको रियल मड्रिडको १३ खेलबाट २६ अंक नै भएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष