स्थायी समिति बैठक सकियो, प्रधानमन्त्रीले भने- संवैधानिक परिषद्‌बाट कुनै सिफारिस भएको छैन

स्थायी समिति बैठक सकियो, प्रधानमन्त्रीले भने- संवैधानिक परिषद्‌बाट कुनै सिफारिस भएको छैन
+
-

काठमाडौँ – विवाद र अन्योलबीच सुरु भएको सत्तारुढ नेकपाको स्थायी समितिको बैठक सौहाद्रपूर्ण वातावरणमा सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुई अध्यक्षबीच भएको चार बुँदे सहमितलाई सर्वसम्मतिले अनुमोदन गर्दै बुधबारको बैठक सकिएको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले मंगलबार जारी भएको संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता भएको प्रस्ताव पनि फिर्ता लिने निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले मंगलबार बेलुका बसेको परिषदको बैठकले कुनै सिफारिस नगरेको जानकारी गराएका छन्।

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकमा अध्यक्ष ओलीले हिजोको संवैधानिक परिषद्को बैठकमा कुनै पनि सिफारिस नभएको जानकारी गरानुभयो।’

दुई अध्यक्षबीच भदौ २६ गतेको स्थायी समितिको निर्णयका आधारमा अघि बढ्ने गरी चार बुँदे सहमितसमेत भएको बैठकलाई जानकारी गराइएको थियो। अब स्थायी समिति बैठक पुस ५ गते र ५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक पुस १० गते बस्ने श्रेष्ठले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?