
झूठ : मेरो विश्वास गर्छौ तिमी?
सत्य : म .. मेरो अस्तित्व मेटाउनु !!
निराशा : मेरो पराजय भयो भने ?
आशा : आगामी दिनहरुले न्याय पाउँछन् !!
ईर्ष्या: मलाई मतलव छ र ?
सन्तोष : हँ …साँचै भन्या हो !!
मन : म निदाउँछु है ?
मस्तिष्क : मेरो पालो अब !!
सु:ख :मख्ख छस् त?
दु :ख :ए हो र !!
भाग्य : के छ हालचाल ?
जिन्दगी :आउन छम-छमी नाचौँ !!
सपना : कहिलेसम्म हो यो हाम्रो लुकामारी ?
विपना : झस्किरहन्छु ..आभासित वास्तविकता पाए भने !!
मृत्यु : म पूर्ण छ कि छैन ?
जीवन : उत्तर खोज्दै त छु नि !!