
फिफा वर्ष खेलाडी रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेर बार्यन म्युनिखलाई जित दिलाएका छन् । जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले बायर लेभरकुजनलाई २–१ ले पराजित गरेको हो ।
१४ औँ मिनेटमा प्याट्रिक सिकले गोल गरि घरेलु टोली लेभरकुजनलाई सुरुवाति अग्रता दिलाए । ४३ औँ मिनेटमा लेवान्डोस्कीले बार्यनका लागि बराबरी गोल फर्काए ।
त्यसपछि उनले इन्जुरी समयको तेस्रो मिनेट अर्थात ९३ औँ मिनेटमा दोस्रो गोल गरि टिमलाई जित दिलाए । जितसँगै बार्यन १३ खेलबाट ३० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।
हालै लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेर फिफा वर्ष खेलाडीको अवार्ड जितेका लेवान्डोस्कीले बुण्डेस लिगामा अहिलेसम्म २५३ गोल गरेका छन् ।