विराटनगरमा आगलागी हुँदा एकजनाको मृत्यु, दुई घाइते

विराटनगरमा आगलागी हुँदा एकजनाको मृत्यु, दुई घाइते
+
-

मोरङ – विराटनगर महानगरपालिका–१४ को एक घरमा आगलागी हुँदा बालकको मृत्यु भएको छ। अरु दुईजना घाइते भएका छन्।

ईलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापाका अनुसार महानगरपालिका–१४ झटियायीमा शुक्रबार मध्य रातमा स्थानीय राजेश दासको घरमा आगलागी भएको हो ।

बाँस र जस्तापाताको छानो भएको घरमा आगलागी हुँदा दासका १४ वर्षीय छोरा रविन दासको जलेर मृत्यु भएको हो। घर नजिक बालिएको घुरबाट आगलागी भएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताएका छन् ।

आगलागीबाट राजेशकी ३२ वर्षीया श्रीमती इन्दुमति दास र सात वर्षीय छोरा किसन दास घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको निरीक्षक थापाले बताए । आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

प्रहरी, वारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष