
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ७, उदयपुरमा १, ओखलढुङगामा १, झापामा ६, तेह्रथुममा १, मोरङमा २२, संखुवासभाका २, सुनसरीमा ३, सोलुखुम्बुमा २, सिराहामा ८ जना संक्रमित थपिएका छन्।
यस्तै काठमाडौँमा १७९, काभ्रेमा ५, चितवनमा १०, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा ५, भक्तपुरमा २६, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै सिन्धुपाल्चोकमा १, सिन्धुलीमा १, कास्कीमा २६, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ३, पर्वतमा ३, म्याग्दीमा ६, लमजुङमा ५, बागलुङमा २, स्याङ्जामा ८, अर्घाखाँचीमा ६, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा २५, नवलपरासीमा ४, पाल्पामा २, प्यूठानमा १, बर्दियामा ८, बाँकेमा १६, रुपन्देहीमा २३ जना संक्रमित थपिएका छन्।
यस्तै रोल्पामा ३, अछाममा १२, कञ्चनपुरमा २०, कैलालीमा ८१, र बैतडीमा २ जना संक्रमित थपिएका छन्।
गत चौबीस घन्टामा ४ हजार ६ सय २० पीसीआर परीक्षण भएको छ भने देशभर संक्रिय संक्रमितको संख्या ८ हजार ३ सय २० रहेको छ।