म्यानचेस्टर युनाइटेडले गर्‍यो आधा दर्जन गोल

म्यानचेस्टर युनाइटेडले गर्‍यो आधा दर्जन गोल
+
-

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित दर्ता गरेको छ । लीड्स युनाइटेडलाई ६–२ ले पराजित गरेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा पुगेको छ ।

म्यानचेस्टरका लागि ब्रुनो फेर्नान्डेस र स्कट म्याकटोमिनेयले दुई–दुई गोल गरे । यस्तै भिक्टोर लिण्डेलोफ र डानियल जेम्सले एक–एक गोल गरे । लीड्सका लागि लियम कुपर र स्टूआर्ट डालासले गोल गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा म्याकटोमिनेयले दोस्रो र तेस्रो मिनेटमा गोल गरेका हुन् । उनी पहिलो तीन मिनेट भित्रै दुई गोल गर्ने पहिलो खेलाडी बनेका छन् प्रिमियर लिगमा ।

यस्तै फेर्नान्डेसले २० र ७० औँ मिनेटमा गोल गरे । लिण्डेलोफले ३७ औँ तथा जेम्सले ६६ औँ मिनेटमा गोल गरेका हुन् । लीड्सका कुपरले ४१ औँ तथा डालासले ७३ औँ मिनेटमा गोल गरेका हुन् ।

जितपछि तेस्रो स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको १३ खेलबाट २६ अंक भएको छ । लीड्स १७ अंकसहित १४ औँ स्थानमा छ ।

लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा एस्टन भिल्लाले वेष्ट ब्रोमलाई ३–० ले पराजित गर्दा ब्राइटन र शेफिल्ड युनाइटेडले १–१ को बराबरी खेलेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष