ग्यास आगलागीका दुई घाइते वीरमा, एक गम्भीर

ग्यास  आगलागीका  दुई घाइते वीरमा, एक गम्भीर
+
-

काठमाडौं-  वीरगन्जमा बुधबार बिहान भएको ग्यास उद्योग आगलागीमा घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ।

उनीहरुको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते सञ्जीव नेपाल र अरुण महतोको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि ट्रमा सेन्टर रिफर गरिएको थियो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जानकारी दिएका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर १७ स्थित सुपर ग्यास उद्योगमा बिहान ७ बजेर ४० मिनेटमा सुरु भएको आगलागीमा परी कम्तीमा दुई जनाको मृत्यु भइसकेको छ। मृत्यु हुने दुवै वीरगन्ज महानगरपालिकाको दमकलका कर्मचारी रहेको प्रहरीले जानकारी दिएको छ।

यो पनि हेर्नुहोस्:

वीरगञ्जमा ग्यास उद्योगमा भीषण आगलागी, दुई अग्निनियन्त्रकको मृत्‍यु

सिलिण्डर ग्यास पड्कँदा आगलागी, १२ लाखको क्षति

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?