चिसोलाई चुनौती दिँदै सिमकोट विमानस्थल घेरवार अन्तिम चरणमा

चिसोलाई चुनौती दिँदै सिमकोट विमानस्थल घेरवार अन्तिम चरणमा
+
-

सिमकोट-अत्याधिक चिसोकाबिच सिमकोट विमान स्थलको घेरवार कार्य अन्तिम चराणमा पुगेको छ।

हिमपात नहुनु र निर्माण कम्पनी पक्षले सम्झौता अबधिमै कार्य सम्पन्न गर्ने लक्षका साथ रफ्तारले काम गर्दा घरेवार कार्य अन्तिम चरणमा पुगेको हो।

बिहान सबेरैदेखि बेलुका अबेरसम्म काम गरिएपछि विमानस्थल घेरवारको काम असी प्रतिशत पुरा भएको बाँनिया निर्माण सेवा प्रालि हेटौडाका प्रतिनिधि दान बहादुर रावलले बताए।
दश वर्ष अगाडी निर्माण भएको घरवार कार्य जिर्ण र विमानस्थलमा पशुवस्तु विमानस्थलभित्र जान थालेपछि घेरवार कार्य भएको हो।

घेरवारका लागि आवश्यक सामाग्री समयमै व्‍यवस्था हुनु, हिमपात नहुनुले चाँडै काम गर्न सम्भब भएको हो । घेरवार कार्य एक हजार ४१० मा हालसम्म एक हजार एक सय मिटर घेरवार कार्य सम्पन्न भएको छ।

काम समयमै सम्पन्न गरेर पुरस्कृत हुने लक्षका साथ निर्माण कम्पनीले काम तीब्र पारेको जनाएको छ। निर्धारित समयमा काम सम्पन्न गर्न नसक्ने आरोप निर्माण कम्पनी माथि लागि रहेका बेला बिमान स्थलको घरेवार कार्य भने समयमै सम्पन्न हुने आयोजनाका इन्चार्ज अजय कुमार गुप्तालले बताए।

घेरवार अधिकांश नयाँ र केही स्थानमा भने मर्मत गर्नु परेको इन्चार्ज गुप्ताले बताए। गत असोज १७ गतेबाट काम सुरु भएको विमानस्थल घेरवारका लागि दुई करोज २९ लाख मा ठेक्का स्वीकृत भएको थियो।

चालु आर्थिक वर्षमा सिमकोट बिमानस्थलका तीन वटा काय एक साथ सुरु भएका थिए। त्यसमध्ये विमानस्थल कालोपत्रे गनै कार्य अन्तिम चरणमा पुगेको छ भने एप्रोन निर्माण कार्य भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?