
सिमकोट-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरुद्ध हुम्लामा प्रचण्ड पक्षका नेकपाका कार्यकर्ताहरुले हुम्लामा राँके जुलुश प्रर्दशन गरेका छन्।
प्रधानमन्त्रीको कदम असंबैधानिक भएको भन्दै नेकपाका कार्यकर्ताहरुले अहिले अबेर राँके जुलुश निकालेका हुन।
सिमकोटस्थि एयरपा्र्ट चोकबाट नेकपाका कार्यकर्ताहरुले राँके जुलुश निकालेको सिमकोट गाउँपालिकाका उपाध्यक्ष एवं नेकपाका जिल्ला कमिटि सदस्य बली रावतले बताए।
प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदम असंवैधानिक भएको भन्दै स्वतस्फूर्त रुपमा जुलुश निकालिएको उनले बताए।
जुलुसमा असंबैधानिक कदम फिर्ता गर, नेकपा एकता जिन्दावाद लगायतका नारा लगाइएको थियो। जुलुस एयरपार्ट चोकबाट काली चोकसम्म राँको बालेर निस्केको थियो।
नेकपाका राँके जुलुस भनिए पनि प्रचण्ड पक्ष अर्थात पुर्व माओवादीका कार्यकर्ताहरुको मात्र सहभागिता रहेको थियो।
सो जुलुसमा माधव कुमार पक्षका कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थिए। हिजोबाट हुम्लामा नेकपाका कार्यकर्ताहरुको फेसबुक युद्ध भने चर्केको छ।