बामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगे बादल

बामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगे बादल
+
-

काठमाडौँ- नेकपाका ओली र दाहाल-नेपाल दुवै पक्षतिर जान अन्कनाइरहेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगेका छन्।

उपाध्यक्ष गौतमलाई भेट्न मन्त्री थापा उनकै निवास भैँसेपाटी पुगेका हुन्। उपाध्यक्ष गौतम पनि दुवै पक्षतिर गएका छैनन्।

उपाध्यक्ष गौतमले सोमबार आफू ओली पक्ष र दाहाल-नेपाल पक्ष दुवै गुटतिर नजाने उल्लेख गर्दै विज्ञप्ति सार्वजनिक गरेका थिए।

मंगलबार दिउँसो उनीहरुबीच कुराकानी जारी रहेको बादलनिकट एक नेताले जानकारी दिए।

ओली र दाहाल-नेपाल दुवै पक्षले थापा र गौतम दुवै नेताहरुलाई आफूतिर आकर्षित गर्ने प्रयास गरिरहेका छन्।

ओली पक्षधर नेकपाका केन्द्रीय सदस्यहरुको भेला बालुवाटारमा मंगलबार बिहान भएको थियो भने दाहाल-नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको भेला मंगलबार दिउँसो बबरमहलमा चलिरहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष