
काठमाडौँ- हङकङबाट नेपाल आएका हवाई यात्रुलाई बोकाएर मोबाइलको तस्करी हुने गरेको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा खटिएका प्रहरीले मंगलबार १३ थान मोबाइल र अन्य सामग्रीसहित कालिमाटीका विपीन मानन्धरलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार नेपाल एयरलाइन्सको विमानमार्फत हङकङबाट त्रिभुवन विमानस्थलमा उत्रिएका यात्रुलाई कुरेर विपिन बन्दै गरेको नयाँ पार्किङमा बसेका थिए। उनले यात्रुसँग एक एक गरि सामान संकलन गर्न थालेपछि प्रहरीले उनको पिच्छा गरेको थियो।
प्रहरीले विपिनको साथबाट रेडिमेड कपडा, मनि पर्स, कस्मेटिक सामग्रीसहित करिब १५ लाख ७५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको जनाएको छ।