विश्वका सय नर्सको सूचीमा दुर्गा पनि

दुर्गाको एक दशकको नर्सिङ यात्रा (भिडियो स्टोरी)

+
-

२०४७ जेठ ९ गते विष्णुदेवी सापकोटाले लुम्बिनी प्रादेशिक अस्पतालमा छोरीलाई जन्म दिइन्। उनले छोरीको नाम उनले दुर्गा सापकोटा राखिदिइन्। उनै दुर्गा अहिले विश्वका एक सय उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा परेकी छन्।

उनीसहित नेपालबाट २ जना नर्स तथा २ जना मिडवाइफ एक सय उत्कृष्ट नर्स तथा मिडवाइफको छनोट परेका छन्। नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले संयुक्त रुपमा नेपालका ४ जनासहित एक सय जनालाई सूचीकृत गरेको हो।

विश्वका एक सय उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा पर्दा आँट गर्‍यो भने हरेक कुरा सम्भव हुन्छ भन्ने भनाइलाई विश्वास गरेकी छन्। अहिलेको यो छनौटले उनले गर्ने कामप्रति अझ धेरै जोस थपिदिएको छ। काम गर्ने जाँगर बढाइदिएको छ।

हिम्मत जुटाएकी छन्। उनलाई लागेको छ,‘यति गरेर हुँदैन, मैले गर्न धेरै बाँकी नै छ। कोशिस गरे सफल भइँदो रहेछ।’ उनले पाएको उपाधिले उनले गरिरहेको काममा थप ऊर्जा दिइरहेको छ।

दुर्गा भन्दा पनि उनको परिवार बढी खुसी भएका छन्। आफन्त। साथीभाइ सबैको वाहवाही पाइरहेकी छन्। दुर्गाका श्रीमानको गर्वले छाती फुलेको छ। बुवाको शीर उचो भएको छ। बुवा दुर्गालाई ‘राम्रो काम गर्‍यौ, अझै राम्रो गर्नु भनेर आशिर्वाद दिइरहेका छन्।’

 

दुर्गाले जिन्दगीको यो महत्वपूर्ण क्षण आमासँग भने साट्न पाइनन्। केही महिना अगाडि उनले कोरोना भाइरस संक्रमणकै कारण आमा गुमाइन्। आफू स्वास्थ्य क्षेत्रमा काम गरिरहँदा पनि आमालाई बचाउन सकिन भन्ने कुराले घरीघरी घोचिरहन्छ।

दुर्गाले आमाका लागि केही नगरेकी पनि होइनन्। कोरोना भाइरस संक्रमणपछि गरिँदै आएका हरेक औषधिमूलो आमाका लागि प्रयोग गरिएको उनी बताउँछिन्। आइसीयूबाट उठ्न खोज्दा खोज्दै पनि आमाले दुर्गालाई छोडेर गइन्। दुर्गालाई मात्रै होइन्, संसारबाटै सदा–सदाका लागि बिदा भइन्। अब कहिल्यै नफर्किने गरी।

उनै आमाले दुर्गालाई नर्स बनाउन महत्वपूर्ण भूमिका खेलिन्। अहिले पनि दुर्गालाई लाग्छ, आफू नर्स हुनुमा आमाको ठूलो योगदान छ। उनले भनिन्, ‘नर्स बन्न मलाई आमाको पीडाले मलाई प्रेरणा दियो।’

अहिले आमा भएको भए! छोरीको प्रगति देखेर सबै भन्दा खुसी उनी नै हुन्थिन् होला। आमासँग आफ्नो खुसीको क्षण साट्न पाइनन्, दुर्गाले।

आमाको कुरा गर्दै गरेकी उनका आँखा रसाए। गला अवरुद्ध भयो। जबर्जस्ती बोल्न खोज्दै दुर्गाले भनिन्, ‘मेरो यो खुसीमा आमा सबै भन्दा खुसी हुनुहुन्थ्यो होला सायद।’

दुर्गाकी आमालाई नर्ससँग धेरै लगाव थियो। दुर्गालाई जन्मिँदा उनको धेरै रक्तश्राव भएको थियो। त्यही बेला उनलाई नर्सले धेरै स्याहार सुसार गरेका थिए। त्यही बेला दुर्गाकी आमाले मनमा एउटा अठोट लिएकी थिइन,‘छोरीलाई नर्स बनाउँछु।’ उनी पछिसम्म पनि दुर्गालाई सुनाउँथिन्,‘तिमी जन्मिँदा म धेरै बिरामी भएँ।’

आमाको कुरा सुनेर दुर्गाको मनले एक खालको सपना बुन्न थाल्थ्यो, ‘नर्स भएर आमालाई नर्सहरुले सेवा गरे जस्तै म पनि सेवा गर्छु।’ उनलाई थाहा थिएन, उनको यो क्षणिक सोच सच्चाइमा परिणत होला वा नहोला। तर उनी मनमा सपना बुन्‍न थाल्थिन्।

एसएलसीपछि नर्सिङ् पढनका लागि जब उनले नेपालगञ्जमा नाम निकालिन्, त्यसपछि दुर्गा ढुक्क भइन्, आमाका लागि नर्स बन्ने सपना पुरा हुने भयो। जसोतसो बुवा–आमाले दुर्गालाई नर्सिङ पढाए। नेपालगञ्जमा पिसिएल नर्सिङ् गरेपछि दुर्गाले फेरि काठमाडौँ विश्वविद्यालयबाट ब्याचलर गरिन्।

र अहिले पनि उनी महाराजगञ्ज निर्सिङ क्याम्पसमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छिन्।

को हुन् दुर्गा सापकोटा?

उनी अध्ययनसँगै दुर्गा यौन तथा प्रजनन, मातृ तथा नवजात शिशु र किशोर-किशोरीको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी छन्। यो क्षेत्रमा उनले काम गर्न थालेको एक दशक भयो। नेपालमा मातृ मृत्यु दर बढेका कारण यसलाई कसरी कम गर्न सकिन्छ यो क्षेत्रमा अझै सक्रिय भएर काम गरिरहेकी छन्।

उनी विभिन्न समुदायका विभिन्न ठाउँका महिलाहरु समक्ष सूचना पुर्‍याउँदै आएकी छन्। कोभिड–१९ ले महामारीको रुप लिँदै गर्दा पनि दुर्गाले विभिन्न माध्यमको प्रयोय गरेर यौन तथा प्रजनन स्वास्थ्यका कुराहरु उनीसम्म पुर्‍याउने काम गरिन्।

कोरोना भाइरसको संक्रमण फैलिदै गर्दा अन्य सेवा रोकिए पनि यौन तथा प्रजनन स्वास्थ्य रोकिनु हुँदैन र गर्भवतीलाई गर्भावस्थामा आउन सक्ने जटिलताका बारेमा गर्भवतीलाई बुझाउने प्रयास गर्दै आएकी छन्।

जनचेतनाको कमी भएका कारण नेपालमा मातृ मृत्यु दर बढेको उनले बुझेकी छन्। यसका बरोमा समाजलाई बुझाउन सके कम गर्न सकिने उनको बुझाइ छ।

चुनौती

जब उनले काम गर्न सुरु गरिन्। तब अरुलाई पनि यौनका कुरा बुझाउन उनी आफैलाइृ हिचिटाहट भयो। यौनका कुरा खुले अहिले पनि कमैले गर्छन। अझै त्यो बेला न स्कुलमा राम्रोसँग पढाईन्थ्यो, न घर परिवारमा नै कुरा गरिन्थ्यो। धेरैलाई अहिले पनि लाग्छ, यौनका कुरा भनेको गोप्य हुनु पर्छ। लुकेर गर्नु पर्छ।

यसका बारेमा उनी एउटा सतहमा पुगिन्। जसले गर्दा यौनका कुरा गर्न र बुझाउन सहज भएको छ। अहिले उनी यौँनका कुरा गर्न लजाउँदिनन्। यो विषयमा उनी विभिन्न तालिमहरु दिदै आइरहेकी छन्।

परेको खण्डमा उनी एक-एक जनालाई पनि बुझाउँदै आइरहेकी छन्।

यो उपाधि कसरी सम्भव भयो?

यति चाँडै यो अवस्था आउला उनले सोचेकी थिइनन्। तर काम गर्दै जाँदा धेरै अवसरहरु भने उनले नपाएको होइन्। ‘आफूले फलको आस नगरी काम गर्दै गयो भने कसैले पनि अगाडि बढ्न रोक्दैन भन्ने अनुभव मैले गरेको छु’, दुर्गाले भनिन्, ‘तर पनि विश्वका एक सय जनाको सूचीमा अहिले नै पर्छु भन्ने कुरा कल्पना पनि गरेकी थिइन्।’

आफूले गरेको काममा सम्मान पाउँदा खुसी छिन्, उनी। ‘यो खुसीलाई कुनै शब्दमा बनार्ण गर्न सक्दिन’, उनले थपिन्। अहिलेको पाएको यो उपाधीमा विभिन्न ८ वटा विधाहरु थिए। यसमध्य उनी प्राइमरी हेल्थ केयर नर्समा छानिएकी हुन्।

उनले भनिन्, ‘उपाधिको कुरा गर्दा हामी दाङको राजपुर गाउँपालीकामा प्राइमरी हेल्थ केयर लोकस्ट मोडल डिजाइन गरिरहेका छौँ। त्यसमा के छ भने क्लिनिकल र कम्युनिटीलाई जोडेर लोक्कल्ली एउटा होलेस्टिक मोडल नेपालमा बनाउनु पर्छ भनेर अगाडि बढिरहेका छौँ। जसले गर्दा लोक्कल्ली पनि होस् र लो कष्ट पनि होस् भनेर काम गरिरहेका छौँ। सायद यही भएर हुनु पर्छ। लोक्कल गभर्मेन्टसँग कोडिनेट गरेर हेल्थ पोष्टमा एउटा एमबीबीएस डाक्टर राख्ने छौँ। उहाँले त्यहाँ सर्भिस दिनुहुने छ। सबै सुविधा बिरामीहरुले पाउने छन्।’

अबको योजना के?

मुसुक्क मुस्कुराउँदै उनले भनिन्, ‘मैले गर्दै आइरहेको कामलाई निरन्तरता दिन्छु। हामीले सन् २०१६ देखि दाङको राजपुमा काम सुरु गरेका थियौँ। त्यसपछि अहिले दाङकै बेला गाउँपालिकामा सुरु गरेका छौँ।’

यही कुरा आफ्ना लागि चुनौतीपूर्ण रहेको उनले बताइन्। उनले भनिन्, ‘लोक्कल लेभलमा प्राइमरी किल्निकल मोडल तयार पार्नु आफैमा एउटा ठूलो चुनौती रहेछ। किनभने हामीले सबै कुरा लोक्कल्ली डिजाइन गर्न पर्छ। तर पनि हामीले काम गर्दौ जाँदा धेरै साथ सहयोग पाएका छौँ।’

त्यसैले त एउटा गाउँपालिकाबाट अर्को गाउँपालिकामा पनि काम गर्ने मौका उनले पाइन्। आउँदा दिनमा अन्य ठाउँमा पनि सबैको साथ र सहयोग पाएको खण्डमा आफ्नो कामलाई अझ धेरै बढाउदै लैजाने दुर्गाले प्रतिवद्धता जनाएकी छन्।

त्यसैगरी नर्स सापकोटा स्वास्थ्य अधिकारसम्बन्धी वकालत गर्दै आएकी छिन्। उनी कानुन पनि पढिरहेकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?