
काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ चाँडै आफ्नो समूहमा फर्कने विश्वास व्यक्त गरेका छन्।
आफ्नो समूहको पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘बादल जी ओली समूहमा जानु भएछ। तर उहाँले त्यहाँ गएर बोलेको सुन्दा भाषण हाम्रो समूहबाट गर्ने तयारी भएजस्तो सुनिन्छ। कतिपय शब्दहरु हामीसँग मिल्छन्।’
तत्कालिन माओवादी केन्द्रका नेता बादल बिहीबार ओली समूहको बैठकमा सहभागी भएका थिए।