
नेकपा दाहाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रममा नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाएका छन्।
ओलीले गणतन्त्रबारे फरक मत तत्कालीन एमालेमा राख्दा आफू, झलनाथ खनाल, अमृतकुमार बोहोरा लगायतका नेताहरु साक्षी रहेको उनले उल्लेख गरे। ‘उहाँलाई गणतन्त्रप्रति अपनत्व छैन। उहाँ गणतन्त्र विरोधी मान्छे हो । संघीयता विरोधी मान्छे हो,’ उनले भने।
शक्तिले मान्छेलाई आर्थिक रुपमा कसरी भ्रष्ट बनाउँछ वा अन्य हिसाबले कसरी अहंकारी बनाउँछ भन्ने ओली जिउँदोजाग्दो उदाहरण भएको उनले बताए।
उनले भने, ‘नेपालमा गोर्भाचोभको जन्म त हुन लागेको त होइन ?’