प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु
+
-

दाङ – लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय खेलकुद (टी–ट्वेन्टी) क्रिकेट प्रतियोगिता सुरु भएको छ।

पहिलो खेल लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ को बिचमा सुरु भएको हो । टस जितेर लुम्बिनी प्रदेशले फिल्डिङ रोजेको हो ।

लुम्बिनी प्रदेशकि टिम क्याप्टेन नेरि थापा र दुई नम्बर प्रदेशकी क्याप्टेन सरस्वती चौधरीको बिचमा टस गराइएको थियो । थापाले टस जितेपछि फिल्डिङ रोजेकी हुन् ।

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको पहिलो दिन शनिबार दुई खेल हुनेछ ।

उद्घाटन खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ को सामना गर्दैछ । दिउँसो १ बजे हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफले कर्णाली प्रदेशको सामना गर्नेछ ।

प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता छ । टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ ।

यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ । प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । भने उपविजेता टोलीले ३ लाख, त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन् ।

यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याट्सवुमनलेले १० हजार, उत्कृष्ट बलरले ५ हजार र हरेक खेलका प्लेयर अफ द म्याचले २ हजार प्राप्त गर्नेछन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष