
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापमा ५, धनकुटामा ३, मोरङमा ४, सोलुखुम्बुमा १, धनुषामा २, बारामा १, महोत्तरीमा १, काठमाडौँमा २०९, काभ्रेमा १०, चितवनमा ४, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा १६, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा ४२ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै सिन्धुलीमा ३, कास्कीमा ३३, गोरखामा १४, तनहुँमा २, म्याग्दीमा ४, लमजुङमा १, बागलुङमा १, स्याङ्जामा १, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा ५, दाङमा २३, नवलपरासीमा ५, पाल्पामा १, प्यूठानमा ४, बर्दियामा ४, बाँकेमा १८, रुपन्देहीमा २८, रोल्पामा १, अछामा ४, डडेल्धुरामा १ र बझाङमा १२ जना कोरोना संक्रमित थपिएका छन्।