बराबरीमा रोकिए लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड

बराबरीमा रोकिए लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड
+
-

शीर्ष स्थानको होडमा रहेका लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेर अंक बाँडेका छन् । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर र म्यानचेस्टर युनाइटेडले २–२ को बराबरी खेलेका हुन् ।

अवे मैदानमा भएको खेलमा मार्कश राशफोर्डको गोलबाट २३ औँ मिनेटमा युनाइेटडले अग्रता लियो । ३१ औँ मिनेटमा बार्नेसले लेस्टरका लागि बराबरी गोल पर्काए ।

७९ औँ मिनेटमा ब्रुनो फेर्नान्डेसले गोल गरि पुनः युनाइटेडलाई अग्रता दिलाए । तर ८५ औँ मिनेटमा युनाइटेडकै एक्सेल तुएन्जेबाले आत्मघाती गोल गरेपछि लेस्टरको बराबरी भयो ।

बराबरीपछि तेस्रो स्थानमा झरेको लेस्टरको १५ खेलबाट २८ तथा चौथो स्थानको म्यानचेस्टर युनाइटेडको २७ अंक भएको छ । शनिबार राति नै भएको खेलमा शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको एभर्टन १५ खेलबाट २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा पाँचौँ स्थानको म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको छ । सिटीको १४ खेलबाट २६ अंक भएको छ ।

अरु खेलमा एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई ३–० ले पराजित गर्दा फुलम्याम र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष