
काठमाडौँ- संखुवासभाको चैनपुर-४ मैदानेमा आइतबार साँझपख प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो फायरिङ भएको छ।
संखुवासभा जिल्ला प्रशासन प्रमुख जीवनप्रसाद आचार्यले नियमित गस्तीमा खटिएको प्रहरीलाई लक्षित गरेर विप्लव समूहले फायरिङ गरेको र त्यसपछि जवाफमा प्रहरीले पनि फायरिङ गरेको बताए। उनका अनुसार प्रहरीको उपस्थिति बलियो बनेपछि विप्लव कार्यकर्ता तितरबितर बनेका थिए।
‘अहिलेसम्म कुनै मानवीय क्षति भएको विवरण आएको छैन’, आचार्यले भने।
विप्लव माओवादीले दुई साताअघि मोरङ मिक्लाजुङमा एक प्रधानाध्यापकको हत्या गरेको थियो।