सुदूरपश्चिममा आइतबार थप ६२ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा आइतबार थप ६२ जनामा कोरोना संक्रमण
+
-

धनगढी– सुदूरपश्चिम प्रदेशमा आइतबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ६२ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सेती प्रादेशीक अस्पतालको परीक्षणमा ५६ जना, जिल्ला अस्पताल बझाङको परीक्षणमा ५ जना र अछामको कमलबजार प्रयोगशालाको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९० नमूना परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकामा १५ जना रहेका छन्।

यसैगरी कैलालीको गोदावरीका ९ जना, गौरीगंगा नगरपालिकाका ६ जना, घोडाघोडी, टिकापुर, कैलारीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, कञ्चनपुरको भीमदत्तका ९ जना, बेलौरीका ७ जना, बेदकोटका २ जना, लालझाँडी, कृष्णपुर, र स्थानीय तह नखुलेका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

यस्तै बझाङमा गरिएको परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको छ भने अछामको कमलबजारको प्रयोगशालामा एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ३ सय ६० पुगेको छ। संक्रमण पुष्टि भएका मध्ये १० हजार ७ सय ६७ जना डिस्चार्ज भएका छन् भने हालसम्म ५० जना संक्रमितको मृत्यु भएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’