चिनियाँ टोली र प्रधानमन्त्री ओलीबिच बालुवाटारमा औपचारिक भेटवार्ता भएको पुष्टि

चिनियाँ टोली र प्रधानमन्त्री ओलीबिच बालुवाटारमा औपचारिक भेटवार्ता भएको पुष्टि
+
-

काठमाडौँ – नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार बेलुका नै भेट गरेको पुष्टि भएको छ ।

भेटबारेको दुविधालाई चिर्दै प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बालुवाटारमा चिनियाँ टोलीले प्रधानमन्त्रीसँग भेट गरेको पुष्टि गरेका हुन् ।

बालुवाटारमा आइतबार बेलुका चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीबिच औपचारिक भेटवार्ता भएको उनले ट्वीट गरेर जानकारी दिएका हुन् ।

भेटबारे उनले अबेर राति ट्वीट गरेर भेटबारे जानकारी दिएका हुन्।

आइतबार दिउँसो करिब साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको चिनियाँ टोलीले भेटको क्रममा नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।

चिनियाँ टोलीले सोमबार नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै र सामूहिक भेट गर्ने कार्यक्रम रहेको छ ।

नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार काठमाडौँ आएको हो ।
चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौँ आएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?