
रुसको दक्षिण क्षेत्रमा पर्ने एक तालमा डुंगामा चढेर माछा मारिरहेका १७ जना हिउँमा पुरिएका छन्।
माइनस ३० डिग्रि सेल्सियस तापक्रम मापन गरिएको क्षेत्रमा उक्त डुंगा हिउँले पुरिएको रुसी सन्चार माध्यमले जनाएका छन्। पुरिएकामध्ये २ जनाको उद्धार गरिएपनि बाँकीको अवस्था अज्ञात रहेको रुसको आपतकाल मन्त्रालयले जनाएको छ।
खराब मौसमका कारण उद्धार गर्न गाह्रो भइरहेको र हेलिकप्टरसमेत त्यहाँ लैजान अप्ठेरो भएको रुसी अधिकारीहरुले बताएका छन्। सन्चार माध्यमका अनुसार हिउँले पुरिएपछि डुंगा आफ्नो भार थाम्न नसकेर भास्सिएको थियो।