
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल- आइसिसीले भारतका विराट कोहलीलाई क्रिकेटर अफ दी डिकेड र ओडीआई क्रिकेटर अफ दी डिकेड घोषणा गरेको छ।
आईसिसीले विजेताको घोषणा सोमबार घोषणा गरेको हो। सन् २०१० देखि २०१९ सम्म गरेको प्रदर्शनका आधारमा विजेताको टुंगो लागेको हो। यस अवधिमा कोहलीले २० हजार ३ सय ९६ रन र ६६ सतक बनाएका थिए। यसबीच ९४ अर्धसतक बनाएका छन्।
उनले भारतका लागि सन् २०११ मा एकदिवशीय विश्वकप पनि जितेका थिए। यो अवधिमा कोहलीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजारभन्दा बढी रन, ३९ सतक र ४८ अर्धसतक बनाएका छन्।
अस्ट्रेलियाका स्टिभन स्मिथ टेस्ट क्रिकेटर अफ दी डिकेड भएका छन्। उनले यो अवधिमा टेस्ट क्रिकेटमा सात हजार ४० रन, २६ सतक र २८ अर्धसतक बनाएका छन्। अफगानिस्तानका रसिद खान टीट्वेन्टी क्रिकेटर अफ दी डिकेड भए। उनले यस अवधिमा सबैभन्दा बढी ८९ विकेट हात पारेका थिए।