चिनियाँ पुरुषका लागि नेपालबाट युवती ओसारपसार, चिनियाँ भाषा बोल्न जान्ने नेपाली पक्राउ

चिनियाँ पुरुषका लागि नेपालबाट युवती ओसारपसार, चिनियाँ भाषा बोल्न जान्ने नेपाली पक्राउ
+
-

काठमाडौँ- चिनियाँ पुरुषका लागि नेपालबाट युवती ओसारपसार भइरहेको प्रहरीले दाबी गरेको छ। भिजिट भिसामा चिन पुगेकी एक नेपाली महिला यातना पाएर फर्किएपछि एक जनालाई पक्राउ गरिएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका-४ का ३२ वर्षीय किरण तामाङ छन्। तामाङले एक २३ वर्षीय युवतीलाई गत वर्षको पुस २५ गते चीनको सान्दोङ प्रान्तस्थित हेज शहरको ताङ-लो टोलमा ताम्पु थोङ भन्ने एक चिनियाँ पुरुषको घरमा पुर्‍याएको ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार ती चिनियाँ युवकले नेपाली युवतीमाथि शारीरिक शोषण गरेका थिए। पीडित नेपाली महिला गत कात्तिक १२ गते नेपाल फर्किएकी थिइन्। ब्युरोका एक अधिकारीका अनुसार तामाङ चिनियाँ भाषा राम्रोसँग बोल्न जान्दछन्। चीनमा राम्रो रोजगारी पाइने भन्दै ती महिलालाई निशुल्क त्यहाँ पुर्‍याइएको ब्युरोको दावी छ।

‘चिनियाँ पुरुषहरुसँग तामाङको सम्बन्ध राम्रो देखिन्छ। उनले नेपाली युवती खोजेर उनिहरुलाई दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, ब्युरोका एक अधिकारीले भने।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?