लिमीका गाउँ खाली हुने डर, धेरै घरमा लाग्न थाले ताला

लिमीका गाउँ खाली हुने डर, धेरै घरमा लाग्न थाले ताला
+
-

सिमकोट – हुम्लाको हिमालपारीको गाउँ लिमीबाट गाउँ छोड्नेको संख्या बर्सेनि बढ्दै गएको छ । गाउँमै व्यापार व्यवसायको विकल्प नदेखिनु र स्थानीयहरु शहरमुखी भएपछि घर नै बन्द गरेर गाउँ छोड्नेको संख्या बृद्धि भएको हो ।

लिमी उपत्यकामा तीनवटा गाउँ हल्जी, तील र जाङबाट बर्सेनि काठमाडौँसहितका शहरी क्षेत्रमा जानेको संख्या बढ्दै गएको तील गाउँका राङडोल तामाङले बताए । एक हजार दुई सय वर्ष पुरानो गुम्बाका कारण अरु दुई गाउँ भन्दा हल्जीबाट शहर भासिनेको संख्या अलि कम छ ।

विशेष गरि व्यापार व्यवसायको शिलशिलामा राजधानी काठमाडौँ, भारतको दिल्ली, हङकङ र अमेरिका जस्ता देश पुगेपछि गाउँ फर्कन नमान्ने संख्या बढेको छ ।

जाङ गाउँका ६७ घरधुरी मध्ये ३३ घरधुरी हालसम्म गाउँ छोडेर काठमाडौँ पलाएन भएको स्थानीय कुन्जोक तामाङले बताए । त्यसैगरि तील गाउँका ३२ घरधुरी मध्ये १२ र हल्जीका ८७ घरधुरी मध्ये दुई घरधुरीले गाउँ छाडेका छन् ।

दुःख धेरै र काम बढी गर्नु पर्ने भएको कारण तथा पशुपालन व्यवसाय लिमीबाट हराउन थालेपछि गाउँ छोड्नेको संख्या बढ्दै गएको कुन्जोक तामाङले बताए ।

लिमीका युवाहरु शहरी रमझममा आर्कषित हुन थालेपछि पनि गाउँ छोडेर काठमाडौँ केन्द्रित हुने बढेका हुन् । लिमीमा गाउँ छोडेर जानेको घरमा ताला लाग्ने र जग्गा जमिन बिक्री गर्न नपाउने नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।

गाउँ छोडेर जानेले जिन्सी सामान बिक्री गर्न वा आफूसँगै लैजान पाउने भए पनि जग्गा जमिन भने बिक्री गर्न नपाउने चलन पुरानै भएको उनले बताए । यसरी छोडेर जानेको जग्गा जमिन अन्य गाउँलेले उपभोग गर्न पाउँछन् । उक्त जग्गा पछि फर्केमा धनीले नै लिन पाउने व्यवस्था छ ।

वडा अध्यक्ष तामाङले तीनै तहका सरकारसँग आधुनिक सेवा सुबिधा उपलब्ध गराएर गाउँ छोड्ने चलनलाई घटाउन अपिल गरिएको बताए ।

लिमीमा गाउँ छोड्नेको संख्या बृद्धि भएकोमा कर्णाली प्रदेशसभा (ख) का सांसद जीवनबहादुर शाही पनि चिन्ता व्यक्त गर्छन् ।

उनले अब लिमीलाई सडक सञ्जालमा जति सक्दो चाँडो जोडेर विद्युतिकरण गर्दै सञ्चारको पहुँच पु¥याएर स्थानीयलाई बाहिर नजाने वातावरण बनाउने बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?