नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
झण्डै तीन हप्ताअघि कोरोना पुष्टि भएका बाँके खजुराका ८८ वर्षीय पुरुषको शनिबार बिहान तीन बजेर २० बजे मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, खजुरा गाउँपालिका वडा नम्बर ७ का ८८ वर्षीय बृद्धलाई स्वास्थ्यमा समस्या आएपछि मंसिर ३० गते अस्पतालमा ल्याइएको थियो ।
बृद्धलाई त्यही दिन कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि निरन्तर उपचारमा रहेका बृद्धको बिहानको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट ४४ जनाको मृत्यु भएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































