जनकपुरधाम– सर्लाहीमा मन्त्री सवार गाडीको ठक्करबाट एकजना पैदलयात्री घाइते भएका छन्।
शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा सामान्य घाइते भएको सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए।
रौतहटबाट महोत्तरीमा कार्यक्रममा सहभागी हुन आइरहेका मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा पैदलयात्रीलाई ठक्कर दिएको हो।
घाइते हुनेमा लालबन्दी नगरपालिका वडा नं ८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ रहेको र उनको उपचार हरिवनको स्थानिय अस्पतालमा भइरहेको राठौरले बताए।
ठक्कर दिएर मन्त्री साहको गाडी उद्धार गर्नुको साटो भागेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































