दाङका धार्मिकस्थलमा यसवर्ष माघी मेला नलाग्ने

दाङका धार्मिकस्थलमा यसवर्ष माघी मेला नलाग्ने
+
-

देउखुरी– दाङ जिल्लाका विभिन्न धार्मिकस्थलमा लाग्ने माघे सङ्क्रान्ति (माघी) मेला प्रभावित हुने भएका छन्।

कोभिड–१९ सङ्क्रमण फैलिन सक्ने भन्दै धार्मिकस्थलहरूमा माघे सङ्क्रान्तिमा लाग्ने मेला प्रभावित हुने भएका हुन्। माघे सङ्क्रान्तिमा जिल्लाका दुई प्रमुख धार्मिकस्थानमा ठूला–ठूला मेला लाग्ने गर्छन्।

घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने दह र लमही नगरपालिका–९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा हरेक वर्ष माघ १ गते मेला लाग्ने गर्छन्। यो वर्ष यी दुवै स्थानमा जनस्वास्थ्यको सुरक्षा कारण देखाएर मेला नलाग्ने भएको हो।

बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले जिल्ला प्रशासन कार्यालय दाङको निर्देशन अनुसार मेला नलाग्ने तर भौतिक दूरी र सुरक्षाको मापदण्डको पालना गरी दर्शन र पूजा भने गर्न सकिने बताए।

उक्त मन्दिरमा बिहान ६ देखि ११ बजेसम्म दैनिक पूजा भइरहेको छ। मन्दिरमा पूजाका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक करिब २०० भक्तजन आउने गरेको अध्यक्ष बुढाले बताए। यहाँ मेलामा भेडाको बली दिइन्छ भने परेवा उडाइन्छ। अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैं खुला हुने गरेको छ।

लमहीको रिहारस्थित तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन्। यस ठाउँमा हरेक वर्ष पुसको २५ गतेबाट चहलपहल शुरु भई माघको ३ गतेसम्म मेला लाग्ने गर्दछ।

थारू समुदायको माघीसँगै लाग्ने यो मेलामा विशेषगरी मामाभान्जी मन्दिर, तप्तकुण्ड (तातोपानी पोखरी), घ्यू पोखिएको स्थानलाई पवित्र स्थान मानी पूजा गर्ने चलन भएको पुजारी हिरालाल बाबाले जानकारी दिए। रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो। लमही बजारबाट २५ किलोमिटरको दूरीमा पर्ने रिहार मेलामा साना र ठूला गरी एक दर्जन मन्दिर छन्।

दाङका धार्मिकस्थलमा अघिल्ला वर्षहरूमा माघीमा मेला एक महिनाअघिदेखि नै लाग्दै आएकामा यस वर्ष नलाग्ने दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम नभएको र नयाँ रूपमा कोरोना संसारभर आइरहेको समयमा जिल्लामा पनि सजगता अपनाउन जरुरी रहेको भन्दै उनले यस्तो आग्रह गरे।

‘भीडभाड हुने कार्यक्रम गर्ने समय छैन। त्यसैले सामाजिक दूरी कायम नहुने माघीको मेला लाग्ने अवस्था छैन्,’ उनले भने।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’