मोरङ– प्रदेश १ मा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार शनिबार ३ सय २८ जनाको पीसीआर परीक्षणका क्रममा ८ महिला र २३ पुरुष गरी कुल ३१ जनाको रिपोर्ट पोजिटिभ आएको हो।
यसक्रममा मोरङमा १६, सुनसरीमा ८, झापामा ६ र प्रदेश १ बाहिरका १ जना रहेको मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगर महानगरपालिकामा १०, बुढीगंगा गाउँपालिकामा ४, लेटाङ नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरि सुनसरीको इटहरी उपमहानगरपालिकामा ४, धरान उपमहानगरपालिकामा २, रामधुनी नगरपालिका र हरिनगर गाउँपालिकामा समान १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
झापाको विर्तामोड नगरपालिकामा २, अर्जुनधारा र कनकाई नगरपालिकासँगै बुद्धशान्ति र कमल गाउँपालिकामा समान १ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो। यससँगै हालसम्म प्रदेशमा संक्रमतिको संख्या २९ हजार ८ सय ४३ पुगेको छ।
यस्तै गएको २४ घण्टामा प्रदेशका विभिन्न स्थानबाट ९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार प्रदेशका विभिन्न होम आइसोलेसनबाट ८६, विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्।
यससँगै प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ५ सय २५ पुगेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































