इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले राम्रो प्रदर्शनको क्रम जारी राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले वेष्ट ब्रोममाथि ४–० को शानदार जित दर्ता गरेको हो ।
अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन २३ औँ मिनेटमा किएरन टिएर्नी र २८ औँ मिनेटमा बुकायो साकाले गोल गरे ।
दोस्रो हाफमा एलेक्सान्ड्र लाकाजेटीले दुई गोल गरे । उनले ६० र ६४ औँ मिनेटमा गोल गरेर आर्सनललाई लिगमा लगातार तेस्रो जित दिलाएका हुन् ।
जितपछि १७ खेलबाट २३ अंक बनाएको आर्सनल ११ औँ स्थानमा पुगेको छ । लगातार सात खेलमा विजयी नभएको आर्सनल त्यसपछिका तीन खेलमा लगातार जित निकाल्न सफल भएको छ ।
पराजित भएको वेष्ट ब्रोम पुछारबाट दोस्रो स्थानमा छ १७ खेलबाट ८ अंकसहित।

भर्खरै
लोकप्रिय






































































































































































































