टोटनह्यामले झण्डै एक महिनापछि इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ ।
डिसेम्बर ६ पछि पहिलोपटक टोटनह्यामले शनिबार राति भएको खेलमा लीड्स युनाइटेडलाई ३–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई पराजित गर्न ह्यारी केन, सन हेङ–मिन र अल्डर्विरल्डले गोल गरे ।
२९ औँ मिनेटमा केनले पेनाल्टी मार्फत गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाए । ४३ औँ मिनेटमा सनले गोल गरि अग्रता दोब्बर पारे । ५० औँ मिनेटमा अल्डर्विरल्डले गोल गरेका हुन् ।
इन्जुरी समयको दोस्रो मिनेट अर्थात ९२ औँ मिनेटमा डोर्थी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोटनह्याम १० खेलाडीमा सीमित भएको थियो ।
जितपछि १६ खेलबाट २९ अंक बनाएको टोटनह्याम तेस्रो स्थानमा पुगेको छ । १७ खेलबाट २३ अंकसहित लीड्स १२ औँ स्थानमा छ ।
लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा क्रिष्टल प्यालेसले शेफिल्ड युनाइटेडलाई २–० ले पराजित गर्दा ब्राइटन र वुल्भ्सले ३–३ को बराबरी खेलेका छन् ।

भर्खरै
लोकप्रिय






































































































































































































