नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा दाङकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
पाँच दिनदेखि भेरी अस्पतालमा उपचार गराइरहेकी दाङ लमही–८ की ६५ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, स्वास्थ्यमा समस्या भएपछि पुस १३ गते नेपालगञ्ज ल्याइएकी महिलाको भोलिपल्ट स्वाव परीक्षण गर्दा १५ गते कोरोना पुष्टि भएको थियो।
बाँकेका दुई ठूला अस्पतालमा उपचार गराउन आउँदा ७८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
बाँकेमा मृत्यु भएकोमा धेरै दाङका रहेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































