काठमाडौँ– अभिनेत्री ऋचा शर्माले आमालाई सम्झिँदै भावना पोखेकी छन्। गएको वर्ष पुस १९ गते उनकी आमाको निधन भएको थियो। उनले आमाको मृत्यु आफ्नो लागि पीडादायी भएको उल्लेख गरेकी छन्। उनले आमा बितेपछि आफ्नो संसार भताभुंग भएको बताएकी छन्।
आमासँगको प्रेम अनि उनी जाँदाको पीडा उनको लागि बज्रले मुटुको एउटा कुना भत्काए सरह भएको उल्लेख गरेकी छन्। उनले त्यो कुना आफू बाँचुन्जेल कहिल्यै नभरिने महशुस गरेको बताएकी छन्।
आमा बित्दा मेरो सानो संसार एकाएक भताभुंग भयो । त्यो बज्रले मुटुको एउटा कुना भत्कियो । मलाई राम्ररी थाहा छ— त्यो कुनो म…
Posted by Reeccha Sharrma on Saturday, January 2, 2021
उनी अगाडि लेख्छिन्, ‘आमा भनेका घर हुन्। त्यो घर, जसले हामीलाई एकपटक जन्म र जीवनभर ओत दिन्छ। जीवन दिनेहरू ईश्वर हुन्। मेरी ईश्वर मबाट टाढा गएको आज एक वर्ष भयो। उहाँ गएपछि मेरो जीवनले ओत गुमायो। अर्थ गुमायो। मैले मेरो शीरमाथिको ब्रह्माण्ड गुमाएँ।’
शर्माले आमा बितेपछिका ३६५ दिन आफ्नो जीवनको रित्तो पाना भएको र जसमा अक्षर अनि वाक्य भएपनि अर्थ र आत्मा नभएको बताएकी छन्।
उनले अगाडि लेखेकी छन्, ‘आमा ! सन्तानहरू मायाका भोका हुन्छन्। म एक वर्षदेखि भोको छु! र, यो भोक जीवनभर मेटिनेछैन।’

भर्खरै
लोकप्रिय






































































































































































































