नेकपाको मोरङस्थित पार्टी कार्यालयमा प्रहरीको पहरा

नेकपाको मोरङस्थित पार्टी कार्यालयमा प्रहरीको पहरा
+
-

मोरङ– नेकपाको मोरङस्थित पार्टी कार्यालयमा प्रहरीले सुरक्षा दिन थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र दाहाल–नेपाल समूहमा विभाजित नेकपामा विवाद र गुटबन्दीका भेला चलिरहँदा सुरक्षाका लागि विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालय मदन स्मृति भवनमा प्रहरी खटिएको हो।

पार्टी कार्यालयको सुरक्षाका लागि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई परिपत्र पनि गरिसकेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि अधिकारीले सम्भावित घटना र सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए।

पार्टी कार्यालय दाबी गर्ने समूहबीच विवाद, तोडफोड हुनसक्ने सम्भावना रहेको हुँदा सतर्कता बढाइएको बताएका प्रजिअ निरौलाले प्रहरीबाट पार्टी कार्यालयमै बेस बनाएर नियमित गस्ति पेट्रोलिङ गर्ने काम भइरहेको जानकारी दिए।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले संस्थापन पक्ष आफूहरु भएकाले पाञ्चालीको कार्यालयमा दाहाल–नेपाल समूहको हक नलाग्ने बताँउछन्। वैचारिक रुपमा सत्ताबाट अलग भएर गइसकेकाले अर्को पक्षले पार्टी कार्यालयमा दाबी गर्न नमिल्ने बताए।

अर्कोतर्फ, पार्टीका जिल्ला सचिव गणेश उप्रेती सुशील पार्टी कार्यालयको विषयमा धेरै विवाद गर्न आवश्यक नभएको बताँउछन्। सुशीलका अनुसार भोलिका दिनमा निर्वाचन आयोगदेखि आधिकारिकता जता आउँछ पार्टी कार्यालयमा उसैको हक लाग्नेछ।

विराटनगर पाञ्चालीस्थित पार्टी कार्यालय।

हाल पूर्व एमालेले प्रयोग गर्दै आएको पाञ्चालीस्थित कार्यालय र माओवादी पक्षले प्रयोग गर्दै आएको विराटनगर तिनपैनीस्थित कार्यालय नेकपाको रहेको उनको भनाइ छ। दुई पार्टी एक भइसकेपछि विधानतः चल अलच सम्पत्ति नेकपाको रहने बताएका सुशीलले आफूहरु विधिको शासन मान्ने र सोही अनुरुप अघि बढ्ने बताँउछन्। निर्वाचन आयोगले पार्टीको विषयमा छिनोफानो गरेपछि सोही रुपमा आफूहरु अघि बढ्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओली समूहले पाञ्चालीमा रहेको मदन भण्डारी स्मृति भवनलाई पार्टी कार्यालयका रुपमा प्रयोग गर्दै आएको छ। तत्कालिन एमालेले प्रयोग गर्दै आएको भवन एमाले र माओवादी एकीकरणपछि निर्माण भएको नेकपाले जिल्ला पार्टी कार्यालयका रुपमा प्रयोग गर्न थालेको हो।

त्यसैगरि दाहाल–नेपाल समूहको भने विराटनगरको तिनपैनीमा पार्टी कार्यालय छ। पार्टी एकीकरणअघि माओवादीले उक्त कार्यालय प्रयोग गर्दै आएको थियो। एकीकरणपछि नेकपाले सो भवनलाई पार्टीको प्रदेश १ सम्पर्क कार्यालय बनाएको छ।

मोरङमा नेकपा दुई भागमा विभक्त हुनुपूर्व नेकपामा १० जना केन्द्रीय सदस्य रहेका थिए। हाल पार्टीमा विवाद उत्पन्न भएपछि ८ जना दाहाल–नेपाल पक्षमा र २ जना प्रधानमन्त्री ओली पक्षमा देखिएका छन्।

केन्द्रीय सदस्यहरु गुरु बराल र विनोद ढकालबाहेक सावित्रीकुमार काफ्ले, घनेन्द्र बस्नेत, महेश रेग्मी, शिवकुमार मण्डल, गोपीबहादुर अछामी, जीवन घिमिरे, लालबाबु पण्डित र देउमान सम्बाहाम्फे दाहाल–नेपाल समूहमा छन्।

२ सय ६ सदस्यीय नेकपा मोरङको जिल्ला कमिटी रहेकोमा पूर्वमाओवादीका नेता एवं नेकपाका जिल्ला सचिव सुशीलसहित १ सय १४ जना दाहाल–नेपाल पक्षमा रहेको स्रोतले बतायो। ओली पक्षमा ९२ जना मात्रै रहेको स्रोतको भनाइ छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’