ट्रकमा लोड गरिएको एक क्वीन्टल गाँजासहित ७ जना प्रकाउ

ट्रकमा लोड गरिएको एक क्वीन्टल गाँजासहित ७ जना प्रकाउ
+
-

वीरगञ्ज– ट्रकमा लोड गरिएको १ क्विन्टल ५ किलो गाँजासहित ७ जना वीरगञ्जबाट पक्राउ परेका छन्।

गाँजासहित पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने ३२ वर्षका लक्ष्मण सिटौला, २४ वर्षका विजय तामाङ, १८ वर्षका प्रभात तामाङ, कलैश गाउँपालिका १० बस्ने २६ वर्षका रामलाल गोले, धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका १ बस्ने ३७ वर्षका निरज लामा, चितवन राप्ती नगरपालिका २ बस्ने ५० वर्षका रानुलाल तामाङ र पर्साको सखुवा प्रसौनी गाउँपालिका ३ बस्ने ५१ वर्षका सहिद मियाव आलम रहेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित लालपर्सा जाने बाटोमा ना ६ ख ६५२५ नम्बरको ट्रकमा लोड गरिएको अवस्थामा उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ट्रकमा ७ वटा पोकामा १५ केजीको दरले गाँजा लोड गरिएको अवस्थामा बरामद गरेको हो।

गाँजासहित पक्राउ परेका सातैजनालाई प्रहरी हिरासतमा राखी लागुऔषध कसुर सम्बन्धी शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’