कोठामा श्रीमतीको हत्या गरी ढोका बाहिरबाट आफैँ २ घण्टा ढक्ढकाइरहे

कोठामा श्रीमतीको हत्या गरी ढोका बाहिरबाट आफैँ २ घण्टा ढक्ढकाइरहे
+
-

काठमाडौँ- अंग्रेजी वर्षको पहिलो दिन काठमाडौँको कालिमाटीमा एक युवकले श्रीमतीको हत्या गरेको दावी प्रहरीले गरेको छ।

ललितपुरको ठेचो स्थायी घर भई कालिमाटीमा बस्दै आएकी २२ वर्षीया मिरा सुन्दास परियारको हत्या गरेको आरोपमा उनका श्रीमान २३ वर्षीय सुरज परियार पक्राउ परेका हुन्।

जनवरी १ तारिखको मध्यरात मिरा सलले घाँटीमा बेरेर लडिरहेको अवस्थामा स्थानीयले उनलाई अस्पताल पुर्‍याएपनि चिकित्सकले सुरुमै मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार सुरज र मिराबीच दुई वर्षअघि विवाह भएको थियो। सुरज मुर्तीको काम गर्ने गर्छन् भने मिरा कालिमाटी क्षेत्रमा फलफुल पसल गर्दै आएकी थिइन्।

घटना भएको दिन सुरज कामबाट फर्कँदा मापसे गरेर आएका थिए। कोठा आईपुग्ने वित्तिकै श्रीमतीसँग विवाद भएको थियो। प्रहरीलाई सुरजले दिएको प्रारम्भिक बयानमा मिराले उनी मापसे गरेको थाहा पाएपछि ‘नयाँ वर्षको दिन पनि मापसे गर्ने ? नयाँ वर्षको एक दिन त घरमै बसेर पनि रमाइलो गर्न सकिन्छ नि’ भन्दै विवाद गरेका थिइन्।

त्यसबीचमा उनीहरुबीच चर्को भनाभन भएको थियो। केहीबेरमा खाना बनाउन थालेकी मिराले श्रीमानलाई मासु लिएर आउन भनेकी थिइन्। तर सुरजले आफूसँग पैसा नभएको भन्दै उनीसँग मागेपछि मिरा झोँक्किएकी थिइन्।

‘नयाँ वर्षको दिन त तपाईँले ल्याए पनि हुन्छ नि? जहिल्यै मैले ल्याउनुपर्ने भनी’, श्रीमतीसँग भएको कुराकानीबारे सुरजको भनाइ उद्धृत गर्दै काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले भने,’उसले यसरी बाँच्नुभन्दा त मर्नु जाती भनी।’ त्यसपछि सुरज मिरामाथि जाइलागेका थिए। उनले मिराले लगाएको सलले उनको घाँटी अठ्याएर अचेत भएपछि लडाएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार घटना लुकाउन सुरजले कोठा बाहिरबाट बन्द गरी चाबी भेन्टिलेसनबाट भित्र फ्याँकेका थिए। त्यतिबेला रातिको ९ बजेको थियो। त्यसपछि उनले करिब दुई घण्टा ढोकाबाहिर बसेर श्रीमतीलाई बोलाइरहे।

नजिकै बस्ने मिराकी दिदीलाई फोन गरे, ढोका नखुलेको भन्दै। उनले घरबेटीलाई बोलाएर ढोका नखुलेको भन्दै आफूलाई निकै डर लागेको बताए। राति १२ बजे घरबेटी, मिराकी दिदी-भिनाजुसमेतले झ्याल फोरेर भित्र हेर्दा मिरा लडिरहेकी थिइन्।

‘विवाह गरेको केही महिनादेखि मिरा र सुरजबीच दिनहुँ झगडा हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सुरज दैनिकजसो मापसे गरेर आउने रहेछन्। मिराले पैसा नजोगाएको र सबै पैसा खर्च गर्ने गरेको भन्दै सुरजले विवाद गर्ने रहेछन्’, घटनाको अनुसन्धान गरेको महानगरीय प्रहरी वृत कालिमाटीका डीएसपी अपिल बोहराले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?