भारतका चलचित्र वितरक संघले ओटिटीलाई ‘राधे’ चलचित्र बिक्री नगर्नको लागि सलमान खानलाई पत्र लेखेका छन्।
वितरकले सलमान खानको चलचित्र हलमा प्रदर्शन गर्न सके ठूलो पर्दामा दर्शक फर्कने अपेक्षा गरेका छन्।
कोरोना भाइरस महामारीले लकडाउन भएको भारतमा अहिले सिनेमा हल सञ्चालनमा आएका छन्।
पत्रमा सलमानलाई चलचित्र हलमा लाखौँ मानिस रोजगार रहेको र ‘राधे’ लाई चलचित्र हलमा प्रदर्शन गर्नु ठूलो ‘इदको उपहार’ हुने बताएका छन्।
Dear @BeingSalmanKhan,
Here’s a humble appeal by the film exhibition sector. Truly hope #Radhe can offer some much needed relief to theatres & joy to your fans all over the country! We want #RadheOnEid in cinemas! #SupportCinemas #SaveJobs #India #RadheInCinemas @SKFilmsOfficial pic.twitter.com/GavtZQwJfz— Akshaye Rathi / अक्षय राठी (@akshayerathi) January 2, 2021
सलमान खानले राधे ओटिटी प्लेपटर्फमा २५० करोडमा बिक्री गर्न लागको खबर सार्वजनिक भएको थियाे।
यो चलचित्रमा दिशा पाटनी, रणदिप होड्डा, ज्याकी स्रोफ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
यो चलचित्र सन् २०२० को इदमा प्रदर्शन हुने बताइएको थियो तर कोरोना भाइरस महामारीले चलचित्र प्रदर्शन रोकिएको छ।
अहिले चलचित्र प्रदर्शनको नयाँ मिति सार्वजनिक गरिएको छैन।

भर्खरै
लोकप्रिय






































































































































































































